साहारा सुपर मार्केटमा आगलागी : ८० लाख बढीकाे क्षति 

March 11, 2024
- ADVERTISEMENT -

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर वडा नं १ साैराहाचाेक स्थित साहारा सुपर मार्केटमा आइतबारराती आगलागी भएकाे छ । आगलागीबाट सुपर मार्केटमा रहेका तीनवटा पसलमा क्षति भएकाे छ । आगलागीबाट ८० लाख बढीकाे क्षती भएकाे प्रहरीकाे प्रारम्भिक अनुमान छ । सुपर मार्केट भित्र रहेकाे सुहाना फेसन कलेक्सन पूर्ण रुपमा पुर्न रुपमा जलेर नस्ट भयको छ । उक्त पसलमा विक्रीका लागि राखिएकाे नयाँ कपड, एसी, फर्निचर तथा अन्य सामाग्री जलेर नष्ट हुँदा ७५ लाख बराबरकाे क्षति भएकाे छ । सुहानाबाट सुरु भएकाे आगाेले नजिकैका अन्य दुईवटा पसलमा समेत क्षति पुगेकाे छ । मार्केटमै रहेकाे कर्मा फेसन कलेक्सन र पिन्क सेक्रेट नामक कपडा पसलमा समेत क्षति भएकाे जनाइएकाे छ । विजुल सर्ट भएर आगाेलागी भएकाे हाे । राती ११ बजेबाट सुरु भएकाे आगलागी राती साढे १२ बजे दमकलकाे सहायताले नियन्त्रणमा लिइएकाे थियाे । उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीले स्थलगत अबलाेकन गरि घटनाकाे बारेमा जानकारी लिदै पीडित व्यवसायीहरुलाई सान्तवना दिएका छन् । 

- ADVERTISEMENT -