रत्ननगर । नेपाल बजार बिक्री प्रतिनिधि संघको अध्यक्षमा पदमप्रसाद भट्टराई निर्विराेध निर्वाचित भएका छन् । रत्ननगरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले भट्टराईकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
महाधिवेशन अन्तर्गत बरिष्ठ उपाध्यक्ष, महसचिव र दुई वटा सचिव पदमा मात्र निर्वाचन भएकाे थियाे । बरिष्ठ उपाध्यक्षमा प्रदिप घिताल २३७ मत प्राप्त गरि विजयी भएका छन् । सातप्रदेशकाे उपाध्यक्ष निर्विराेध निर्वाचित हुँदा महासचिवमा भने रमेश नेपाल १८५ मत प्राप्त गरि विजयी भएका छन् ।
काेशी प्रदेश उपाध्यक्षमा तीर्थराज पाेखरेल, मधेश प्रदेश उपाध्यक्षमा सन्ताेष मल्ल ठकुरी, बागमती प्रदेश उपाध्यक्षमा नेत्रप्रसाद पाैडेल, गण्डकी प्रदेश उपाध्यक्षमा गाेपाल सापकाेटा, लुम्विनी प्रदेश उपाध्यक्षमा बाबुराम भूषाल, सुदुरपश्चिम उपाध्यक्षमा गणेशप्रसाद श्रेष्ठ र कर्णाली प्रदेश उपाध्यक्षमा हरिप्रसाद ज्ञावली निर्विराेध निर्वाचित भएका छन् । उपमहासचिवमा शैलेन्द्र बुढाथाेकी र महिला सचिवमा शुशीला नेपाल निर्विराेध निर्वाचित भएका छन् ।
संगठन सचिवमा रमेशप्रसाद भट्ट २६६ मत र अर्थ सचिवमा राजन अधिकारी १५२ मत प्राप्त गरि विजयी भएका छन् । काेशी प्रदेशबाट सदस्यमा नवराज सुवेदी, मधेश प्रदेशबाट सुरज यादब, बागमती प्रदेशबाट रुपेश लामिछाने, लुम्विनी प्रदेशबाट मर्मजंग बम, गण्डकी प्रदेशबाट सुमन गाेर्खाली गुरुङ, सुदुरपश्चिम प्रदेशबाट बम बहादुर बम र कर्णाली प्रदेशबाट प्रदिप रिमाल सदस्यमा निर्विराेध निर्वाचित भएका छन् ।
खुल्ला सदस्यमा भीम बन्जरा, वसन्त बिसी, कमल रिमाल, रामहरी मैनाली, झनक बहादुर बस्नेत, शालिकराम बराल, नवराज पाण्डे, महेश गैरे, रुद्रप्रसाद भट्टराई र संगम पाेखरेल निर्विराेध निर्वाचित भएका छन् । नेपाल सरकारकाे श्रम मन्त्रालयबाट स्वतन्त्र ट्रेड युनियनकाे मान्यता प्राप्त भएपछि नेपाल बजार विक्री प्रतिनिधि संघले चितवनकाे रत्ननगरमा प्रथम राष्ट्रिय महाधिवशन गरेकाे हाे । महाधिबेशनमा ४०० प्रतिनिधि सहभागी थिए । संघका देशभरका करिव ४ हजार व्यवसायी आबद्ध छन् ।