चितवन हात्ती तथा पर्यटन महोत्सवको आयव्याय सार्वजनिक

March 13, 2024


रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार आयव्याय सार्वजनिक गरिएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाले गत पुस १० गते देखि १४ गते सम्म १७औं संस्करणको हात्ती तथा पर्यटन महोत्सव गरेको थियो । चितवनको पर्यटन विकासको लागि उक्त महोत्सव आयोजना गरिएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष माधव दुवाडीले महोत्सवको आम्दानी खर्च सार्वजनिक गरेका थिए ।

महोत्सवमा ७८ लाख ८२ हजार ६०० रूपैया आम्दानी भएको र ५५ लाख ३८ हजार ८०० रूपैया खर्च भई २३ लाख ४३ हजार ८०० रुपैया मुनाफा भएको कोषाध्यक्ष दुवाडीले जानकारी दिए । सो मध्ये महोत्सवमा स्थानीय सरकार सहित विभिन्न संघसंस्थाले कबुल गरेको ४७ लाख ४० हजार रुपैया उठ्न बाँकी रहेको छ । संघले महोत्सवकै १ लाख ८३ हजार ९९४ रूपैया तिर्न बाँकी रहेको जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले चितवनको पर्यटन विकासलाई उचाईमा पु(याउन सफारी पर्यटनको महत्वबारे राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार गर्नुपर्नेमा जोड दिए ।

सफारी पर्यटनलाई नयाँ मोडलमा विकास गरि गुणस्तरीय पर्यटक भित्र्याउनु पर्ने उनको भनाई छ । संघका महासचिव गुणराज थपलियाले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भाबेष रिमाल, वडा नं ७ का अध्यक्ष सजना महतो, बाघमारा वनका अध्यक्ष जीतु तामाङ, एनआरएनएका उपमहासचिव सोम सापकोटा, होटल संघका केन्द्रीय सदस्य सुमन घिमिरे, क्षेत्रीय होटल संघका चितवनका निवर्तमान अध्यक्ष दीपक भट्टराई लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा महोत्सवमा उत्कृष्ट काम गरेको भन्दै संघका सदस्य ध्रुवराज बाग्लेलाई सम्मान गरिएको छ ।

संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ओमप्रकास पाण्डेले हात्ती तथा पर्यटन महोत्सवले जिल्लाको पर्यटन विकासमा पार्ने दीर्घकालिन प्रभावका बारेमा प्रकाश पारेका थिए । यसैबीच क्षेत्रीय होटल संघ चितवन सौराहाको १९औं बार्षिक साधारण सभा मंगलबार नै गरिएको छ । होटल संघका केन्द्रीय सदस्य सुमन घिमिरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका महासचिव गुणराज थपलियाले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष माधव दुवाडीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ओमप्रकास पाण्डेले स्वागत मन्तव्य राखेका

- ADVERTISEMENT -