रत्ननगर नगरपालिकालाई उत्कृष्ठ नगरपालिका पुरस्कार 

March 13, 2024
- ADVERTISEMENT -

रत्ननगर । रत्ननगर नगरपालिका उत्कृष्ठ नगरपालिकाको पुरस्कारबाट सम्मानित भएको छ ।

नेपाल नगरपालिका संघको ३१ औं बार्षिकोत्सबका अवसरमा वन वातावरण जलवायु परिवर्तन र उत्थानशीलताका क्षेत्रमा उल्लेख्य काम गरे वापत रत्ननगर नगरपालिका सम्मानित भएको हो । काठमाण्डौंमा आयोजित एक औपचारिक समारोहका बिच नगरपालिकाका मेयर प्रलाद सापकोटा र उपमेयर यादव प्रसाद पाठक लगायत नगरपालिकाको टोलीले संयुक्त रुपमा सम्मान ग्रहण गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथी संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रि भानुभक्त जोशिले नगरपालिकाको टोलीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

- ADVERTISEMENT -