बकुलहर रत्ननगर अस्पतालमा टिकट लिन लाइनमा कुर्दाकुर्दै ढले जीवन

March 10, 2024
- ADVERTISEMENT -

चितवन। ‘बकुलहर रत्ननगर अस्पताल’मा आइतबार बहिरंग सेवाको टिकट लिन लाइनमा कुर्दाकुर्दै एक बिरामीको मृत्यु भएको छ।
आइतबार बिहान मुटु जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका– ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको हो।

टिकट पाउन धेरै बेर कुर्नुपर्ने भएकाले आज बिहान १० बजे नै अस्पताल पुगेर लाइन बसेको आधा घण्टापछि उनी अचानक बेहोस भएर ढलेका थिए। तुरुन्त उठाएर उनलाई अस्पतालको आकास्मिक कक्षमा पुर्‍याउँदा मृत्यु भइसकेको अस्पताल प्रशासनले बताएको छ।

- ADVERTISEMENT -

Advertisement

अस्पतालका डाक्टरहरुले थापामगरको हृदयाघात भएर मृत्यु भएको अनुमान गरेका छन्। शनिबार रातिदेखि मुटु दुखेपछि उनी मोटरसाइकलमा एक्लै अस्पताल गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

- ADVERTISEMENT -