भरतपुर । भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएको टिप्पणी गर्नुभएको छ । स्थानीय सरकार सन्चालन ऐन २०७४ ले स्थानीय सरकारलाई जनताको घरदैलोको सरकार भनेर परिभाषित गरेको बताउदै उहाँले जनताका घाउमा मलम पट्टी लगाउन स्थानीय सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।
शनिबार भरतपुरमा भएको चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति भरतपुरको पाचौ साधारणसभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुदै कार्यबाहक नगर प्रमुख अधिकारीले स्थानीय सरकार नागरिकको अभिभावक भएको हुँदा पारिवारिक बाताबरण सहितको सेवा प्रदान गर्न कुनै कन्जुस्याइँ नराख्ने पनि जिकिर गर्नुभयो ।
शुसाशन र अमनचयन मार्फत नागरिकलाई छिटोछरितो सेवा दिन महानगरपालिका २४ सै घण्टा तयार रहेको छ प्रमुख अधिकारीले भन्नुभयो,यदि कसैलाई कुनै गुनासो वा उजुरी गर्नु परेमा निर्धक्क भएर राख्न आउन पनि सबै नागरिकहरुमा मेरो अनुरोध छ । पछिल्लो समय बेथिति र कालो बजारीका सवालमा महानगरपालिकामा दैनिक ५ देखि ६ वटा सम्म उजुरीहरु पर्ने गरेको बताउदै उहाँले हेलो सरकार मार्फत पनि नागरिकहरुले राखेका गुनासाहरुलाइ महानगरपालिकाले समाधान गर्ने गरेको बताउनु भयो।
पछिल्लो समय देशमा रोजगारी सृजना नभई रहेको अवस्थामा चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योगले केही हद सम्म भएपनी बेरोजगारी समस्या समाधान गर्ने गरि रोजगारी सृजना गरेकोमा खुशी समेत व्यक्त गर्नुभयो । चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीले स्वागत मन्तव्य सहित समितिले हालसम्म गरेका गतिविधिहरुको बारेमा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कमल बहादुर मल्ल,चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, ग्रिल व्यवसायी तथा स्टिल महासंघका उपाध्यक्ष एवम् बागमती प्रदेश संयोजक प्रकाश पौडेल, ग्रिल व्यवसायी तथा स्टिल महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष अशोक बर्मा, ग्रिल तथा स्टिल व्यवसायी मकवापुरका अध्यक्ष केशव प्रसाई, पोखरा स्टिल फेब्रिकेशन एशोसिएनका अध्यक्ष वासुदेव पौडेल, रुपन्देही मल्टि इण्डष्ट्रिज प्रा.लि.का मार्केटिङ प्रमुख दिपक चापागाईं लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष कविता श्रेष्ठ, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, विभिन्न संघ–संस्थाका प्रतिनिधि, मेटल उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समितिको विमा योजनामा सबैभन्दा धेरै विमा गराएका व्यस्त मेटल, त्रिदेव इन्जिनियरिङ्ग वर्कशप, भोलेबाबा कृषि औजार, नेपाल मेटेरियल ह्याण्डलिङ्ग ई.र डि.एस.बि.ग्रिल, लक्ष्मी ई.कार्यशालालाई सम्मान समेत गरिएको थियो ।
चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीले वर्तमान कार्यसमितिलाई धन्यवाद मन्तव्य सहित समिति विघटन गर्दै निर्वाचन समितिलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो । प्रमुख निर्वाचन अधिकृत गोविन्द प्रसाद पौडेल, निर्वाचन अधिकृतहरु राजु भट्ट र यमकुमारी आचार्य सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचत कार्यसमितिको नामावली घोषणा गरेको थियो ।
निर्वाचित कार्यसमितिको अध्यक्षमा पुनः तारा बहादुर कार्कीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा कृष्णप्रसाद भण्डारी, मोहललाल श्रेष्ठ, राजु पुडासैनी, राजकुमार श्रेष्ठ, रुकेश सापकोटा, विरेन्द्र बहादुर दवाडी, कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद तिमिल्सिना, लोकनाथ सुवेदी, रामहरि कँडेल, विवेक देवकोटा, कान्ति अधिकारी, बलराम पुरी, राजन पौडेल, सूर्यराज गिरी, निर्मल बराली र बिष्णु प्रसाद पौडेल रहनुभएको छ ।
नवनिर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको थियो । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका नवनिर्वाचित अध्यक्ष तारा बहादुर कार्कीले प्रतिबद्धता मन्तव्य सहित समापन गर्नुभएको थियो ।