रत्ननगरमा मोवाइल पसलमा चोरी, उवासंघद्वारा दुःख व्यक्त

March 10, 2024
- ADVERTISEMENT -

रत्ननगर । रत्ननगरको सौराहाचोकमा रहेको हेल्लो मोवाइल सेन्टरमा शनिबार राती चोरी भएको छ । सौराहाचोक स्थित स्कुल सटरमा सञ्चालित मोवाइल पसलको पछाडीको ढोका फोरेर चोरले कबिर १० लाख रुपैया बराबरको मोवाइल, घडी र क्यामरा लगेको सञ्चालक आशिष शर्माले जानकारी दिए ।

आइटेल कम्पनीको १२ वटा, सामसुङ कम्पनीको ७ वटा, टेक्नो कम्पनीको २ वटा मोवाइल, आइफोन २ वटा, स्मार्टवाच ८ वटा र एउटा गोप्रो क्यामरा चोरी भएको सञ्चालक शर्माले जानकारी दिए । चोरले सीसी क्यामराको डीभीआर समेत लगेको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच रत्ननगर उद्योग बाणिज्य संघले घटनाप्रति दुःख व्यक्त गर्दैै चोरको पहिचान गरी कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । संघका अध्यक्ष शंकर गिरीले एक विज्ञप्ती जारी गरी रत्ननगरमा चोरीका घट्ना बढ्दै गएको भन्दै व्यवसायीहरुलाई सर्तक रहन र सुरक्षामा ध्यान केन्द्रीत गर्न प्रहरी प्रशासनलाई आग्रह समेत गरेका छ

- ADVERTISEMENT -