चैत ४ गते । खैरहनी नगरपालिकामा क्रियाशिल ४ वटा राजनीतिक दलले नगर प्रमुख शशी कुमार खनियालाई ज्ञापनपत्र बुझाएका छन् । खैरहनी नगरबासीहरुले हाल भोग्नु परिरहेको समस्याहरुको समाधान गर्न १० बुदे ज्ञापनपत्र प्रमुख खनियालाई बुझाएका हुन् ।
उनिहरुले बुझाएको ज्ञापनपत्रमा प्रतिष्पर्धा बिना फोहोर व्यवस्थापनको ठेक्का लगाएको, अनाधिकृत संस्थाको नाममा घरघरमा नम्बर लगाएको ,नगरबासीलाई चर्को पर्नेगरी लादिएको जग्गा वर्गिकरण शुल्क, शीत भण्डार सञ्चालन गर्नेतर्फ उचित ध्यान नदिएको, लदरी खोलाको पुल निर्माणमा लापर्वाही भएको विषयलाई वेवास्ता गर्नु
, दुग्ध, तरकारी, माछालगायतका कृषिजन्य बस्तुको उत्पादन, बजार व्यवस्थापन र जोखिम न्युनीकरणमा उचित ध्यान नदिएको उल्लेख छ ।
नगरपालिका भित्रको विद्युत आपूर्तिको समस्या,गुणस्तरहिन विकास, निर्माण एवम् आयोजनाको सवालमा नगरबासीको प्रश्न तथा गुनासाहरु, शुद्ध पिउनेपानीको उपलब्धता र उचित व्यवस्थापन नभएको नगरवासीको गुनासो,ढुङ्गा गिटी बालुवालगायतका प्राकृक्तिक श्रोत साधनको अनाधिकृत दोहन भइरहेको र नागरिकले तिरेको करको दुरुपयोग गरी महच्चे र विलासी गाडी खरिद गरेको बिषय समेटिएको छ । दलहरुको तर्फबाट नेकपा एमाले खैरहनिका अध्यक्ष पुर्ण बहादुर डल्लाकोटिले नगर प्रमुख खनियालाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा एमाले अध्यक्ष डल्लकोटी,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रामेश्वर पोखरेल ,राष्ट्रिय स्वतन्त्र पार्टी, खैरहनी नगर समिति कार्यबहाक अध्यक्ष सकुन्तला अधिकारी
र राप्रपाका देबराज कंडेल हस्ताक्षर छ ।
ज्ञापनपत्र बुझेपछि नगर प्रमुख खनियाले नगरपालिका विधि,कानुन अनुसार चलेको दावी गर्दै खवरदारी,सल्लाह आवश्यक पर्ने बताए ।
खैरहनी नगर प्रमुखलाई दलहरुले बुझाए १० बुदे ज्ञापनपत्र (के छन् ज्ञापनत्रमा)
March 17, 2024