नवलपुरमा टिप्परले च्यापिएर घटना स्थलमै चालकको मृत्यू

March 17, 2024
- ADVERTISEMENT -

नवलपुर । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका ३ सालघारीमा टिप्परले च्यापिएर घटना स्थलमै टिप्पर चालकको मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी ३ सालघासीको भित्री सडक खण्डमा पाल्पाबाट होङसी सिमेन्ट कम्पनीको चुनढुङगा लोड गरी आउदै गरेको लु १ क ५२८१ नम्बरको टिप्परको चालकले नियन्त्रण गुमाई टिप्पर सडकदेखि ४० मिटर तल खस्न गएको हो ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा परी टिप्पर चालक नवलपुरको गैडाकोट नगरपालिका १३ बेल्डिहा बस्ने २७ बर्षीय बलिराम महतोको घटना स्थलमै मृत्यू भएको हो ।

टिप्पर भित्रै च्यापिएर रहेको अवस्थाका चालकलाई उद्धार कार्यको लागि जिसीबी सहित इलाका प्रहरी कार्यालय र प्रहरी चौकी सर्दीको प्रहरी टोली घटना स्थल पुगेको थियो ।

घटना स्थल दुम्किबास बजारबाट २० किलोमिटर उत्तरमा पर्दछ । मृतकको शव पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइदै छ ।

- ADVERTISEMENT -

सम्बंधित समचारहरु