शहीद स्मृतिमा प्राथमिक उपचार सहितको स्वावियू भवन निर्माण गरिने

March 18, 2024
- ADVERTISEMENT -


रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा प्राथमिक उपचार सहितको स्ववियू भवन निर्माण हुनेभएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटीले स्ववियू निर्वाचन भएको एक बर्ष पुरा भएको अबसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी स्ववियू भवन निर्माण गर्ने घोषणा गरेको हो । पत्रकार सम्मेलनमा भवन निर्माण सहित एक बर्षमा गरेका काम र उपलब्धि, क्याम्पसको बर्तमान अबस्था र सुघारका सम्भावना लगायतका योजना सार्वजनिक गरिएको हो । स्ववियू अध्यक्ष राजेन्द्र सापकोटाले जनस्तरबाट सहयोग संकलन गरि प्राथमिक उपचार सहितको भवन निर्माणको प्रक्रिया सुरु गरिएको बताए । करिब १६ लाखको लगानीमा क्याम्पस हाताभित्र भवन निर्माण गर्ने योजना रहेको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष सापकोटाले एक बर्षको अबधिमा २५ जना विद्यार्थीलाई छात्राबृत्ती, प्रशानिक कामको सुधार, खेलमैदान व्यवस्थापन तथा विद्यार्थीको हित केन्द्रीत कामहरु गरिएको बताए । कार्यक्रममा क्याम्पस प्रमुख बुद्धिराज सेढाईले सञ्चालक समितिले भवन निर्माणको लागि अनुमती प्रदान गरेकाले प्राथमिक उपचार सहितको भवन निर्माणको लागि सहयोग गर्ने बताए । नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति विबेक उदासले नेविसंघको उदारताका कारण टाँडी क्याम्पसमा १४ बर्षपछि स्ववियू निर्वाचन भएको भन्दै स्ववियू भवनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । अखिल क्रान्तिकारी क्याम्पस इकाई कमिटीका अध्यक्ष चोकबहादुर गुरुङले क्याम्सपको शैक्षिक सुधारका लागि विद्यार्थी संगठन बीच मित्रता आवश्यक रहेको बताए

- ADVERTISEMENT -