रत्ननगर उवासंघमा बिमा सम्वन्धी अभिमुखिकरण

March 18, 2024
- ADVERTISEMENT -

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा सोमबार बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि.को सहयोगमा आयोजना गरिएको बिमाको जोखिमबाट बच्ने उपाय, भुक्तानी लिने प्रक्रियाका बारेमा सहजीकरण गरिएको थियो । संघका अध्यक्ष शंकर गिरीले व्यवसायीले बिमाको सुरुवाती चरण देखि अन्तिम सम्मको प्रक्रियामा भोल्दै आएको समस्या निराकरणको लागि कार्यक्रम आयोजना गरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि.नारायणगढ शाखाका प्रमुख शंकर अधिकारीले सहजीकरण गरेका थिए । संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ सहित संघका पदाधिकारी, कार्यसमिति सदस्य र विभिन्न बस्तुगत समितिका सदस्यहरुको सहभागिता रहेको थियो । संघका उपाध्यक्ष शिवराज मैनालीले धन्यवाद मन्तव्य राखेका कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले संचालन गरेका थिए ।

- ADVERTISEMENT -