बेलायतमा भरतपुर भ्रमणको निम्ता गर्दै मेयर दाहाल

March 10, 2024
- ADVERTISEMENT -

चितवन : बेलायत भ्रमणमा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले त्यहाँका उच्च अधिकारी र नेपाली समुदायलाई भरतपुर भ्रमण वर्षको निमन्त्रणा गरेकी छन् ।अन्तर्राष्ट्रिय मेयर अवार्ड लिन बेलायत पुगेकी दाहालले त्यहाँका नगरपालिकाका जनप्रतिनिधिहरु र नेपाली समुदायलाई ‘भरतपुर भ्रमण वर्ष–२०२४’ सुरु भएको भन्दै भरतपुर भ्रमणको निम्ता गरेकी हुन् । उनले बेलायतको ग्रिनबिच सिटीका उपमेयर जित रानाभाट, रोशमुर काउन्सिलका सदस्य धन सार्की र नेम थापालाई भ्रमण वर्षको जानकारी गराउँदै निम्ता गरेकी हुन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाली समुदायका मानिसहरु जनप्रतिनिधिको रुपमा रहेको देख्दा खुसी लागेको बताइन् । मेयर दाहालले भनिन्, ‘ भ्रमण र भेटघाटबाट धेरै कुराहरु सिक्ने अवसर मिल्यो ।’

मेयर दाहालले बेलायतको लण्डनमा रहेको संसद हाउस अफ कमन्समा मेयर सादिक खान र मरिससका पहिलो महिला राष्ट्रपति अमिना फकिमलगायतसँगै अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गरेकी छन् । पोलिटिकल एण्ड पब्लिक अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरक फरक क्षेत्रका २४ जनालाई प्रदान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -