रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ४ मा बैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको परिवारलाई वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श सम्बन्धी प्रशिक्षण दिइएको छ ।
रत्ननगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रावासन(समी) कार्यक्रम अन्तर्गत सो वडाका २६ जनालाई सो सम्बन्धी प्रशिक्षण दिइएको हो । ६ महिना अघि सुरु भएको कार्यक्रम मंगलबार सकिएको छ । कार्यक्रममा विदेशमा परिवारका सदस्यले कमाएर पठाएको पैसाको सही सदुपयोग, खर्चको सन्तुलन, व्यवसायिक योजना, बचत गर्ने बानीको विकास, पारिवारिक बजेट निर्माण तथा पारिवार व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा वित्तीय साक्षरता सहजकर्ता पार्वती पराजुलीले वित्तीय साक्षरता र मनोसामाजिक परामर्शकर्ता पार्वती न्यौपानेले मनोसामाजिक परामर्शका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी महिलाहरुले श्रीमानले विदेशबाट पठाएको पैसाको सदुपयोग गर्ने तरिका र व्यवसायिक योजनाको विषयमा जानकार भएको प्रतिक्रिया दिए ।
श्रीमानले पठाएको पैसालाई सदुपयोग गरी जीवन सुखमय बनाउने तरिका जानियो सहभागी रिना चौधरीले भनिन् व्यवसायिक योजना र बचत गर्दा हुने फाइदा बारे जान्ने अबसर प्राप्त भयो । अर्की सहभागी मीना लोप्चनले विदेशबाट पठाएको पैसालाई अर्थपूर्ण काममा लगाउन गर्नुपर्ने काम र कर्तब्यका बारेमा कार्यक्रमबाट भरपुर ज्ञान हासिल गरेको बताइन् ।
वडाध्यक्ष रामकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु विश्वास रायमाझी, मीना विक, वडा सचिव पुष्पराज आचार्य, रत्ननगरका विपद् व्यवस्थापन शाखा प्रमुख विश्वास श्रेष्ठ लगायतको सहभागिता रहेको थि