रत्ननगर । किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको तेह्रो बार्षिक साधारण सभा सोमबार गरिएको छ ।
रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको सो कार्यक्रम प्रगति तथा आर्थिक प्रतिवेदन पारित र संघको संस्थागत विकासमा योगदान गरेका व्यवसायीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष शिवराज मैनालीले बजार क्षेत्रमा सवारी साधनको पार्किङ र व्यवसायको पहिचान बोर्डमा लगाउदै आएको कर खारेजीको माग गरेका छन् । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिल कृष्ण श्रेष्ठले आर्थिक संकट अन्त्यको लागि सरकारले प्रयास नगरेको बताए ।
आर्थिक शंकटका कारण व्यवसाय धरासायी बनिसकेको भन्दै उनले व्यवसायिक सुरक्षामा सरकार उदासीन देखिएको बताए । कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले होडिङ बोर्डमा लगाउदै आएको करमा पुनर्विचार गर्न पक्षमा नगरपालिका रहेको बताए । स्थानीय सरकार व्यवसायीको हितमा काम गर्न तयार रहेको भन्दै उनले बाहिर रहेका व्यवसायीलाई करको दायरामा आउन आग्रह गरे ।
कार्यक्रममा संघको संस्थागत तथा आर्थिक विकासमा योगदान गरेका व्यवसायीहरु कमल किशोर मोहता, नवराज तिमिल्सिना, ओमप्रकास शाह कलवार, शिबराज मैनाली, हरिप्रसाद अधिकारी, सुर्यप्रकास रेग्मी, यमनाथ आचार्य, विष्णु श्रेष्ठ, रामहरि ढकाल, सन्तोष रौनियार, प्रेमलाल शाह रोनियार, कृष्णमुरारी सिंह ठकुरी,सुभाष सेठलाई सम्मान गरिएको थियो । संघका महासचिव नवराज तिमिल्सिनाले सञ्चालन गरेको सो कार्यक्रममा संघका सचिव टेकनाथ अधिकारीले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, संस्थापक अध्यक्ष हरिशरण पाठक, किराना तथा खाद्य व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष ओमप्रकास शाह कलवार लगायतले मन्तब्य राखेका थिए । साधारण सभाको बन्दसत्रले आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको संघका महासचिव तिमिल्सिनाले जानकारी दि