रत्ननगरको गौरवको योजना : पर्यटक भित्र्याउन टिकौलीमा हरियाली पार्क निर्माण सुरु

March 20, 2024

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पर्यटन विकासको लागि टिकौलीमा हरियाली पार्क निर्माण सुरु गरेको छ । नगर गौरवको योजना अन्तर्गत टिकौली स्थित खगेरी खोलाको आडमा सुविधा सम्पन्न हरियाली पार्क निर्माण सुरु गरिएको हो ।

संघीय सरकार र रत्ननगर नगरपालिकाको सयुक्त लगानीमा पार्क निर्माण सुरु गरिएको हो । १६ कठ्ठा क्षेत्रफलमा ११ करोड ८४ लाखको लगानीमा सुरु गरिएको सो पार्कमा पानी माथी रेष्टुरेन्ट, आबासको लागि रुम र पानीमा मोटरबोट सञ्चालन गर्ने योजनाका साथ काम सुरु भएको रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले बताए । खगरी खोलामा व्यवस्थित तटबन्धन गरी निर्माण सूरु गरिएको पार्क परिसरमा एउटा सहित सुविधा सम्पन्न ५ वटा पहुना घर सञ्चालन गरिने छ । पार्क भित्र रेष्टुरेन्ट, होटल र क्याफ सञ्चालनको लागि पूर्वाधार निर्माण सुरु गरिएको उनले बताए ।

खगेरी खोलाको पानी जमिनमुनीबाट पार्कमा हालेर पर्यटकका लागि मोटरबोट सञ्चालन गरिने छ । हरियाली पार्कमा प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई छुट्टै अनुभूति हुने गरी डिपीआर तयार गरिएको छ । डायनामिक कन्सल्टेन्सी प्रा.लि.ले निर्माण कार्यको जिम्मा लिएर धमाधम पार्क निर्माण गरिरहेको छ । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी तीब्र रुपमा काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । रत्ननगरमा मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको छ । सौराहालाई सिरानी हालेर निकटका क्षेत्रहरुमा पर्यटक पूर्वाधार निर्माण सुरु गरिएको हो ।

चितवनको पर्यटन विकासको लागि सो नगरपालिकाले टिकौलीमै कृष्णसार ल्याउदै छ । पारीपट्टी कृष्णसार वारीपट्टी हरियाली पार्क निर्माण गरेर पर्यटक आर्कषित गर्न खोजिएको नगरप्रमुख सापकोटाले बताए । सौराहामा आउने पर्यटकलाई सञ्चालनमा रहेको इकोपार्क, टिकौलीमा कृष्णसार र हरियाली पार्कमा रमाउने वाताबरण तयार गर्न लागिएको सापकोटाको भनाई छ । सौराहामा वन्यजन्तु अबलोकन गर्न विदेशी पर्यटक आउने गरेको भन्दै नगरप्रमुख सापकोटाले पर्यटकीय नगरी सौराहाको दायरा फराकिलो बनाएर पर्यटकको बसाई लम्ब्याउन कृष्णसार र हरियाली पार्क सहयोगी सिद्ध हुने बताए । सर्लाहीको भरतलाल पर्यटन विकासका हिसाबले अहिले राष्ट्रिय रुपमै प्रख्यात छ ।

रत्ननगरबाट करिब १५० किलोमिटर पूर्व सर्लाहीमा रहेको भरततालकै हल्को दिने गरी हरियाली पार्क निर्माण सुरु गरिएको हो । भरतलालले समग्र जिल्लालाई परिचय गराएजस्तै टिकौलीमा निर्माण सुरु गरिएको हरियाली पार्कले रत्ननगरलाई चिनाउने मेयर सापकोटाले बताए । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई बेवास्था गरी भरतपुर महानगरपालिकाले घोषणा गरेको भ्रमण बर्ष प्रति नगरप्रमुख सापकोटा सन्तुष्ट छैनन् । मेयर सापकाेटाले भरतपुर भ्रमण बर्षकाे ठाउँमा छाति फराकिलाे बनाएर चितवन भ्रमण बर्ष घाेषणा गर्नु पर्नेमा जाेड दिए ।

भरतपुर भ्रमणबर्षलाई चुनौती दिने गरी पर्यटन पूर्वाधार निर्माण गरी सौराहाको महत्वलाई थप उचाईमा लैजाने उनको योजना छ । सौराहामा के छैन, गैंडा बस्तीमै हेर्न सकिन्छ उनले भने विश्वले मानेको पर्यटकीय नगरी सौराहालाई वेवास्था गरेर भरतपुर भ्रमण बर्ष कसरी सफल हुन्छ । पर्यटन विकासकै लागि बाघमारा खेल मैदानलाई प्राकृतिक खेल मैलानको रुपमा विकास गर्ने, पञ्चकन्या सामुदायिक वनमा होमस्टे सञ्चालन र अर्को बर्ष लौरीघोलमा जीपलाइन सञ्चालन गर्ने गरी योजना अगाडि बढेको नगर प्रमुख सापकोटाले बताए ।

सौराहामा पर्यटन विकासकै लागि साइकल लेन सहितको नमुना सडक निर्माण भइरहेको भन्दै नगरप्रमुख सापकोटाले टिकौलीमा कृष्णसार, हरियाली पार्क, टिकौली इकोपार्क, बाघमारा प्राकृतिक खेलमैदान, होमस्टे र लौरीघोलमा जीपलाइन सफारी निर्माण गरी पर्यापर्यटनको विकास गर्ने बताए । सौराहाको पर्यटनलाई नगरपालिकाको बस्तीबस्तीमा विकास गर्ने योजना रहेको भन्दै नगरप्रमुख सापकोटाले पर्यापर्यटन मार्फत स्थानीय समुदायको गरिवी न्यूनीकरण गर्ने दीर्घकालिन योजना रहेको बताए । सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटन मार्फत मनग्य आम्दानी गरिरहेको छ ।

नगर भित्र रहेका सबै सामुदायिक वनहरुमा पर्यटक भित्र्याएर स्थानीय समुदायलाई हकदार बनाउने नगरपालिकाको थप योजना रहेको नगरप्रमुख सापकोटाको भनाई छ । साैराहाकाे पर्यटनलाई कालिका नगरपालिका हुँदै उपरदाङगढी, र सिराईचुली सम्म, खैरहनीकाे कुमराेज सामुदायिक वन हुँदै राप्तीकाे परेवाकाेट सम्म जाेड्ने याेजना

- ADVERTISEMENT -