गैंडा स्थानान्तरणप्रति रत्ननगरका मेयर सापकाेटाकाे ध्यानकर्षण

March 22, 2024
- ADVERTISEMENT -

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जबाट काेशीमा गैंडा स्थानान्तरण गरिएकाेप्रति रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले आपत्ती जनाएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले साैराहाकाे बस्तीमा हुर्किएकाे भाले गैंडा काेशीमा स्थानान्तरण गर्ने निर्णय गरेकाे थियाे । उक्त गैंडा आजै काेशी लैगिदै छ । मेयर सापकाेटाले साैराहाकाे पर्यटनलाई असर गर्ने गरि गैंडा अन्त लैजान लागिएकाे भन्दै आपत्ती जनाएका हुन  । साैराहाले हुर्काएकाे गैंडा थपक्क उठाएर अन्त लैजाने अधिकार कसैलाई छैन् उनले भने याे कार्यप्रति मेराे पूर्ण असहती छ ।

- ADVERTISEMENT -

Advertisement

गैंडा स्थानान्तरण गर्दा स्थानीय सरकारसंग समन्वय नगरिएकाे भन्दै उनले आर्थिक मन्दीमा कारण पर्यटन व्यवसाय सुस्ताएकाे बेला गैंडा स्थानान्तरण गरिनु गलत भएकाे उनकाे भनाई छ । साैराहामा गाउँमै गैंडा हेर्न पाईन्छ, पर्यटकले गैंडालाई स्पर्श गर्ने साैभाग्य प्राप्त गरेका छन् मेयर सापकाेटाले भने पर्यटक रमाउने गैंडालाई अन्त लैजानु दुर्भाग्य हाे । मेयर सापकाेटाले स्थानान्तरणकाे निर्णय पुनर्विचार गर्न प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनलाई आग्रह समेत गरेका छन् ।

- ADVERTISEMENT -