चितवनमा भोली देखि वन्यजन्तु सप्ताह सुरु हुँदै

April 12, 2024


सरस्वती लामा

रत्ननगर । चितवनमा भोली बैशाख १ गते देखि २९ औं वन्यजन्तु सप्ताह सुरु हुँदैछ । हरेक बर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालिन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी सप्ताह मनाइदै आएको छ ।

निकुञ्ज सहित संरक्षण र पर्यटनसंग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा सप्ताह मनाइन्छ । रत्ननगरको बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी वन्यजन्तु सप्ताहको उद्देश्य र एक हस्तासम्म गर्ने कार्यक्रमको बारेमा जानकारी दिएको छ । वन्यजन्तुको संरक्षण ः पर्यापर्यटन र आयआर्जन भन्ने मुल नाराका साथ मनाउन लागिएको सप्ताहमा संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख १ गते उद्घाटन, २ गते टिकौली हाइबे वरपर सरसफाई, ३ गते चरा अबलोकन, ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन,वन्यजन्तु र बाताबरण संरक्षणमुलक सचेतना रयाली गरिने छ । सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।

मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह मनाइदै छ । मृगकुञ्जकी कार्यसमिति सदस्य विन्दा कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष बसन्त राना, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिल गुरुङ लगायतको सहभागिता रहेको थि

- ADVERTISEMENT -