सरस्वती लामा
रत्ननगर । चितवनमा शनिबार देखि २९औं वन्यजन्तु सप्ताह सुरु भएको छ । हरेक नयाँ बर्षको पहिलो साता वन र वन्यजन्तु संरक्षणमा दीर्घकालिन प्रभाव पार्ने कार्यक्रम गरी संरक्षणकर्मीहरुले उक्त दिवस मनाउदै आएका छन् । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको अगुवाइमा सौराहामा सप्ताहको २९औं संस्करणको विधिबत उद्घाटन गरिएको छ ।
यस बर्षको वन्यजन्तु सप्ताहको नारा वन्यजन्तुको संरक्षण ः पर्यापर्यटन र आयआर्जन रहेको छ । मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले मध्यवर्तीका जनतामा जीविकोपार्जनको आधार तयार नगर्दा सम्म उनीहरुलाई संरक्षणमा क्रियाशिल बनाउन उत्तिकै चुनौती रहेको बताए । मध्यवर्तीको अबधारण अनुसार आयआर्जन र जीविकोपार्जनका गतिविधि प्रभावकारी नभएपछि मध्यवर्ती उपभोक्ता समितिले गर्ने काम समेत ओझेलमा पर्ने गरेको अध्यक्ष घिमिरेले बताए ।
अहिले वन्यजन्तु संरक्षणको सम्भावना र चुनौतीको विषय स्थित अबस्थामा रहेको छ । यस पटकको सप्ताहमा दीगो संरक्षणका लागि पर्यटन मार्फत जीविकोपार्जनको आधार तयार गर्ने गरी योजना बनाइएको उनको भनाई छ । कृषिलाई संस्कृतिसंग र संस्कृतिलाई पर्यटनसंग जोडेर समुदायको जीविकोपार्जनमा सघाउदै छौं उनले भने कृषि, संस्कृति र सीप विकासलाई संघसंगै अगाडि बढाएका छौं । अध्यक्ष घिमिरेले थारु महिलाहरुलाई उनीहरुको नृत्य प्रशिक्षण र टिकौलीका महिलाहरुलाई पन्चेबाजा तालिम दिने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं ५ का वडाध्यक्ष वालकृष्ण चापागाईँले दीगो संरक्षणका लागि निकुञ्ज र मध्यवर्तीसंग सहकार्य गर्न स्थानीय सरकार तयार रहेको बताए । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख २ गते टिकौली हाइबे वरपर सरसफाई, ३ गते चरा अबलोकन, ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन,वन्यजन्तु र बाताबरण संरक्षणमुलक सचेतना रयाली गरिने छ ।
सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए । मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको बाघमारा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर तामाङले बताए ।
मृगकुञ्जकी कार्यसमिति सदस्य विन्दा कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा वडा नं ७ का कार्यबहाक वडाध्यक्ष सुर्यबहादुर तामाङ, चितवन निकुञ्जका रेज्नर अक्षय चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.मधु केसी, वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टीका गिरी लगायतले मन्तव्य राखेका थि