रत्ननगरमा आबधिक योजना र मध्यकालिन खर्च संरचना निर्माण

May 11, 2024


सरस्वती लामा

रत्ननगर । रत्ननगर नगरपालिकाले नगरको दीर्घकालिन विकासको लागि तीन महत्वपूर्ण योजना निर्माणको थालनी गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को बार्षिक नीति तथा योजना तर्जुमा सहित नगरको दीर्घकालिन विकासको लागि आबधिक योजना, मध्यकालिन खर्च संरचना निर्माणको थालनी गरिएको हो ।

आगामी आर्थिक बर्षको योजना प्राथमिकिकरण गर्दै पाँच बर्षेआबधिक योजना र तीन बर्षे मध्यकालिन खर्च संरचना निर्माणको काम सुरु गरिएको छ । तीन वटा योजना निर्माणको लागि सो नगरपालिकाले जनप्रतिनिधि र शाखा प्रमुख कर्मचारीहरुलाई एउटै हलमा सहभागी गराएर अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्थागत क्षमता विकास तथा शुसासन समितिले आयोजना गरेको सो कार्यक्रमको मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा उनले नगरबासीको विकासप्रतिको चाहना पूरा गर्न योजनागत विकासको आवश्यकता रहेको बताए । सिमित स्रोत साधनका कारण जनचाहना बमोजिक काम गर्न नसकेको भन्दै अब योजना निर्माण गरि प्राथमिकताका आधारका देखिने गरि काम गर्ने उनको भनाई ।

वडादेखि नगर गौरबको योजनालाई बजेट विनियोजन गरेर अगाडि बढ्नु पर्ने अबस्था छ उनले भने बजेटको आकार बमोजिम योजना निर्माणलाई मेल खाने गरि काम गर्नुपर्ने जिम्मेवारी काँधमा रहेको छ । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले रत्ननगरले पहिलो पटक आबधिक योजना र मध्यकालिन खर्च संरचना निर्माण गर्न लागेको बताए । अहिले सम्म विनियोजन गरेको बजेट र तर्जुमा गरेको योजनाले नगर विकासमा खेलेको भूमिकाको समीक्षा गर्दै नागरिकले विकासको अनुभूति गर्ने गरि विकासका काम अगाडि बढाउन दीर्घकालिन योजना निर्माण सुरु गरेको उनको भनाई । चार महिनामा आबधिक र मध्यकालिन खर्च संरचना निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए ।

कार्यक्रममा सिनर्जी इन्जिनियरिङ एण्ड कन्सल्टेन्ट प्रा.लि. का पुरुषोतम खतिवडा र रवि आचार्यले पन्चबर्षिय आबधिक योजना, खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले स्थानीय तहको नीति, कार्यक्रम र योजना तर्जुमाका चरण र प्रक्रिया र रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले स्थानीय तहको मध्यकालिन खर्च संरचना सम्बन्धी प्रक्रियाका चरण र मध्यकालिन खर्च संरचना निर्माणका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा उपमेयर यादवप्रसाद पाठक, विज्ञ सल्लहाकार रामहरी न्यौपाने सहित वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, शाखा प्रमुख कर्मचारी, वडा सचिवहरुको सहभागिता रहेको प्रशासन शाखा सविता अर्यालले जानकारी दिइन /

- ADVERTISEMENT -