रत्ननगर वडा नं १३ मा व्यवसायिक अचार बनाउने तालिम सुरु

June 4, 2024

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १३ मा व्यसायिक अचार बनाउने तालिम मंगलबारदेखि सुरु भएकाे छ । वडा कार्यालयकाे आर्थिक सहयाेगमा नारी नागरण केन्द्रले आयाेजना गरेकाे साे तालिममा २१ जनाकाे सहभागिता रहेकाे छ ।

विपन्न समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन पाँच दिने व्यवसायिक अचार बनाउने तालिम सुरु गरिएकाे संस्थाकी अध्यक्ष विमला सुवेदी खनालले बताइन्  । तालिमकाे उद्घाटन गर्दै वडाध्यक्ष पाेटबहादुर घिमिरेले सीप विकास मार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक अचार बनाउने तालिक गरिएकाे बताए । 

उद्घाटन कार्यक्रमा वडा सदस्य शारदा न्याैपाने, वडा सचिव खगराज पराजुली, शक्तिशाली आमा समुहकी अध्यक्ष विरन्जना सापकाेटा, एकल महिला समन्वय समितिकी अध्यक्ष सीता अधिकारी, नारी जागरण केन्द्रकी निवर्तमान अध्यक्ष सपना बाेहरा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

रत्ननगर ९ भेडी स्थित हाम्राे घरेलु उद्योगका सञ्चालक द्वय सरस्वती लामा र संगिता खनाल प्रशिक्षक रहेका छन् । केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रम केन्द्रकी महासचिव सरस्वती लामाले सञ्चालन गरेकी थिइन्  ।

स्वागत मन्तव्य केन्द्रकी कार्यसमिति सदस्य निर्मला खड्काले स्वागत मन्तव्य राखेकी थिईन् । तालिम शक्तिशाली आमा समुहकाे भवनमा सुरु भएकाे हाे ।