रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जलबायु परिर्वतनले निम्त्याएको असर न्यूनीकरणको लागि विद्यालय तथा समुदाय केन्द्रीत कार्यक्रम सुरु गरिएको छ ।
रत्ननगर नगरपालिकासंग सहकार्य गरी वन्यजन्तु संरक्षण संघ नेपालले जनबायु परिर्वतनका लागि हरित रणनीति सहकार्य नामक परियोजना सुरु गरिएको हो । संघले स्थानीय सरकारसंग सहकार्य गरी वाताबरणमा पर्ने प्रतिकुल असर कम गर्न समुदाय केन्द्रीत कार्यक्रम सुरु गरेको संघका जिल्ला शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । परियोजनाले गर्ने काम र उद्देश्यको बारेमा मंगलबार जनप्रतिनिधि, संरक्षणकर्मी बीच अन्तक्र्रिया कार्यक्रम गरिएको छ । संघका बरिष्ठ कार्यक्रम अधिकृत सुवासचन्द्र खरेलले परियोजनाको उद्देश्य र सञ्चालनहुने कार्यक्रम बारे प्रस्तुती गरेका थिए ।
परियोजना अन्तर्गत स्थानीय जलवायु कार्ययोजना निर्माण तथा जलवायु र वातावरणीय मुद्दाहरुमा अन्तक्र्रिया, शिक्षक र विद्यार्थीहरुलाई इकोपार्कको सरसफाईमा संलग्न गराउँदै जलवायु परिवर्तन सम्वन्धी सचेतना, विद्यार्थीहरुको सहभागितामा जलवायु परिवर्तन, अनुकुलन तथा मध्यवर्ती क्षेत्रको संरक्षण सम्वन्धमा जानकारीमूलक पोस्टर तयार पारी समुदाय तथा विद्यालयमा वितरण गर्ने, इकोपार्कमा वृक्षारोपण तथा जलवायु परिवर्तन अनुकुलन सचेतनामूलक कार्यक्रम, फोहोरको वर्गीकरण सहित यसको व्यवस्थापन प्रणालीको स्थापना गर्ने र जानकारीमूलक सुचना पाटी राख्ने, दिर्घकालिक योजनाको खाका तयार लगागतका समुदाय केन्द्रीत कार्यक्रम सञ्चालन हुने खरेलले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले जलबायु परिर्वतनका लागि अस्वभाविक रुपमा तामक्रम बढ्दै गएको भन्दै प्रतिफल प्राप्तद गर्ने गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले जनबायु परिर्वतन जटिल समस्याको रुपमा देखा परेको भन्दै जलबायु परिर्वतन विरुद्ध रणनीतिक सहकार्य आवश्यक रहेको बताए । अहिले सम्म गरिएका विद्यालय केन्द्रित कार्यक्रमको प्रभावकारिता मुल्याङकन गरी प्रतिफल प्राप्त हुने गरी काम गर्न उनले आग्रह गरे ।
संघकी कार्यक्रम निर्देशक संजिवनी योन्जनले जनबायु परिर्वतनले निम्त्याएको संकटको अन्त्यको लागि दीर्घकालिन योजना बनाउन परियोजना सुरु गरिएको बताइन् । वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा चितवन निकुञ्जका बरिष्ठ रेन्जर अक्षय चौधरी, टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बुद्धिसेन चौधरी, टिकौली सामुदायिक होम स्टेका सञ्चालक बुद्धिमान विक, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष बसन्त राना, मोहना माविका प्रधानाध्यापक दयाराम ढकाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संघका जिल्ला शाखा प्रमुख पौडेलले सञ्चालन गरेका थिए