नारी जागरण केन्द्रको बार्षिक साधारण सभा

2912

रत्ननगर । नारी जागरण केन्द्र रत्ननगरको २२ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । केन्द्रकी निर्वतमान अध्यक्ष तथा रत्ननगरकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा अध्यक्ष सपना बोहोराले भावि कार्ययोजना,महासचिव विष्णुकुमारी आचार्यले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका अजिवन सदस्य तथा पूर्व उपाध्यक्ष निरादेवी थापालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साधारण सभाकै दिन रत्ननगर वडा नं ३ ले केन्द्रलाई मसला पिस्ने मेसिन हस्तान्तरण गरेको थियो । साधारण सभाकै अबसरमा रत्ननगरका महिलाहरुलाई कानुनी अधिकारका विषयमा प्रशिक्षण दिइएको छ । संस्थाकी सल्लाहाकार अधिबक्ता कृष्णप्रसाद डोटेलले प्रशिक्षण दिएका थिए ।

संस्थाकी अध्यक्ष बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनिता पौडेलले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा विशिष्ट अतिथि वडाध्यक्ष गुप्तनाथ भट्टराई,अतिथिहरुमा कार्यपालिका सदस्य मीना गिरी,सरस्वती लामा,सक्षम आमा समुहकी अध्यक्ष विन्दु खड्का रहेका थिए ।