रत्ननगर ९ द्धारा अपाङ्गलाई सहयोग, आयआर्जनका लागि बाख्रा

1312

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ९ ले वडा भित्रका अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनका लागि विभिन्न सहयोग गरेको छ । वडा स्तरीय बजेटबाट ४ जनालाई बाख्रा,५ जनालाई सेतो छडी,१ जनालाई नगद र एक जनालाई युरिन बक्स सहयोग गरिएका वडा सदस्य सरस्वती लामाले जानकारी दिइन ।

वडाका शान्ति महतो,ऋषिराम घिमिरे,शिवराज दुवाडी र हिरा विकलाई बाख्रा,विन्दु बराल,रुपनी महतो,कविता बराल,छन्नु महतोलाई सेतो छडी,प्रेमराज कुँवरलाई नगद १० हजार,विजय लामालाई युरिन बक्स प्रदान गरिएको हो । वडा स्तरीय अपाङग समन्वय समितिले आयोजना गरेको कार्यक्रममा उपमेयर विमला दुवाडीले बाख्रा,सेतो छडी,युरिन बक्स हस्तान्तरण गरेकी थिइन ।

सो अबसरमा उनले अपाङ्गता भएका व्यक्तिहरुको जीवन स्तर उकास्न नगरपालिकाले अपाङगमैत्री कार्यक्रम सञ्चालन गरिरहेको बताइन । समितिका संयोजक राजेश्वर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर स्तरीय अपाङग समन्वय समितिका अध्यक्ष इन्द्रप्रसाद चालिसे,वडा सदस्य सरस्वती लामा लगायतले मन्तव्य राखेका थिए ।