जनआन्दोलनमा घाइतेको उपचार गरेर बाँकी रहेको रकम एम्बुलेन्स खरिदार्थ सहयोग

1607

रत्ननगर । २०६२÷६३ को जनआन्दोलनमा घाइतेको उपचार गरेर बाँकी रहेको रकम एम्बुलेन्स खरिदको लागि सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरले जनताको लागि जनताको एम्वुलेन्स नारा दिएर एम्बुलेन्स खरिदको लागि आर्थिक संकलन गरिरहेको छ ।

जनआन्दोलनका घाइतेको उपचार गरेर बाँकी रहेको १ लाख ९६ हजार ४०० रुपैया सोही एम्बुलेन्स खरिदका लागि सहयोग गरिएको हो । तत्कालिन जनआन्दोलन परिचालन समिति रत्ननगरका संयोजक महेश प्रसाद रौनियारले उपशाखाका सभापति गोविन्द श्रेष्ठ र एम्वुलेन्स खरिद सहयोग संकलन समितिका संयोजक हुतरान पन्तलाई सो रमक हस्तान्तरण गरेका थिए । जनआन्दोलनको बेला घाइतेको उपचारको लागि संकलन गरेको पैसा बाकी रहेको थियो संयोजक रौनियारले भने १५ बर्ष पछि जनताको पैसा जनताकै लागि हस्तान्तरण गरेका छौं ।

घाइतेहरुको उपचार गरेर बाकी रहेको पैसा सुरक्षित रुपमा राखेकै कारण अहिले मानव स्वास्थ्यसंग जोडिएको एम्वुलेन्स खरिदको लागि सहयोग गर्न पाएको संयोजक रौनियारले बताए । उपशाखा रत्ननगरले रजत जयन्तीको अबसर पारेर जनताको लागि जनताको एम्बुलेन्स नारा दिएर एम्बुलेन्स खरिदको लागि आर्थिक संकलन सुरु गरेको छ । एम्बुलेन्स खरिदको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको र चैत मसान्त सम्म एम्बुलेन्स सञ्चालनमा आउने उपशाखा सचिव रामचन्द्र पौडेलले बताए । रकम हस्तान्तरण कार्यक्रममा उपशाखाका कोषाध्यक्ष युवराज आचार्य,उपकोषाध्यक्ष दीपक गिरी लगायतको सहभागिता रहेको थियो ।