चितवनका चेपाङ महिलाहरुलाई सुधारिएको चुलो वितरण

323

चितवन । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामनाको वडा न. ५ स्थित वोक्सेर्ना, मड्केना, धोस्घारी, जौगैरा, देविठानका ६० घरधुरीका अगुवा चेपाङ महिला पैरवीका मञ्चका सदस्यहरुलाइ सुधारिएको तयारी चुलो वितरण गरिएको छ । विगतमा परम्परागत माटो चुलो प्रयोग गरी खाना पकाउने हुदा दाउरा बढिलाग्ने र धुवाँ धेरै आउने भएको कारण श्वासप्रश्वास रोगवाट झेलिँदै आएका ईच्छाकामना वडा न. ५ का ग्रामीण क्षेत्रका चेपाङ महिलाहरुले सुधारिएको चुलो प्रयोग गरि अव छिटो र सजिलो रुपमा खाना पकाउन छक्ने भएकोले दिनहु दाउरा काट्न जंगल जान पर्ने वाध्यता हटरने भएको छ ।
परम्परागत माटोको चुलोलाई विस्थापित गरेर विपन्न महिलाको समय र स्वास्थ्यप्रति सुधार ल्याउने उद्देस्यले साउथ एसिया पार्टनरशीप – नेपाल (साप–नेपाल) को सहयोगमा डेक नेपाल सौराहाले आज एक कार्यक्रमको आयोजना गरि ६० जना चेपाङ महिलालाई सुुधारिएको चुुलो वितरण गरिरहेको छ । वैकल्पीक उर्जाप्रवद्धन केन्द्रले उपलव्ध गराएको उक्त चुलोले
कार्यक्रममा साप नेपालका अध्यक्ष गिता भट्टराईले सुधारिएको चुुलोको प्रयोगबाट कम समयमा मीठो खाना पाक्नुका साथै धुवाँको समस्याबाट मुक्त हुने बताउनु भयो । यसको प्रयोगले महिलाको समयको बचत हुने बताउनु भयो ।
कार्यक्रममा डेक नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले महिलाहरुलाई अनुशिक्षण दीदै सुधारिएको चुलाको प्रयोगले महिलाहरुको समएको बचतहुनुको साथै वनजंगलको विनास हुन वाट बचाई बातावरण संरक्षण महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
परम्परागत चुलोमा खाना पकाउदा महिला तथा वालवालीकाको स्वास्थमा प्रतिकूल असर पर्नेगरेको बताउदै अगुवा चेपाङ महिला पैरवीका मञ्चकी अध्यक्ष रेखा चेपाङले सुधारिएको चुलो प्रयोगबाट इन्धनको खपत कम हुनुको साथै स्वास्थ्यमा पनि कम असर पर्ने बताईन ।
इच्छाकामना गाउँपालिकाका कार्यपालिका सदस्य निर्मला श्रेष्ठले परम्परागत चुलोबाट खाना पकाउँदा यस क्षेत्रमा गरीब महिलालाई स्वास्थ्य समस्या आउन नदिन सुुधारिएको चुुलो वितरण उपयूक्तहुने बताउनुु भयो । उहाले चेपाङ मलिाहरु अग्रसर भएर अगाडी बढेमा गाउँपालिकाले पनि कृषि आयआर्जन लगाएत विभिन्न कार्यक्रम सहयोग गर्ने बताउनु भयो ।
साप नेपालका अध्यक्ष गिता भट्टराईको को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चेपाङ संघका प्रदेश सचिव लक्ष्मण चेपाङ, रा.आ.वि पामडाडाका प्र.अ यान वहादुर गुरुङ्ग, डेक नेपालका उपाध्यक्ष धनमाया चेपाङ लगाएतले मन्तव्य राखेका थिए । एउटा चुलो बराबर तीन हजार ५ सय पर्ने उक्त २ लाख दस हजार रुपैया बराबरको बितरण गरियो ।