विद्यालयमा विद्यार्थी टिकाउनै मुश्किल,चेपाङ विद्यार्थीलाई शैक्षिक सहयोग

280

चितवन । इच्छाकामना गाउँपालिका वडा नं. ६ आधामारमा स्थित श्री राष्ट्रिय आधारभुत प्राथमिक विद्यालयका ५२ जान चेपाङ समुदायका छात्र छात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । कक्षा १ देखी ५ सम्म १२० जना विद्यार्थीहरु अध्ययनरत यस विद्यालयमा गरिवी र अभावका कारण ५० प्रतिसत चेपाङ वालवालिकाहरु नियमित विद्यालय आउन सक्दैनन ।
इच्छाकामना गाउँपालिका अधिकांस चेपाङ विद्यार्थीहरु विद्यालय भर्ना भएपनि नियमित विद्यालय जानेक्रम अत्यन्त न्यून रहेको विद्यालयका प्रधान अध्यापक वुद्धिमान चेपाङले बताउनु भयो । कार्यक्रममा देविभञ्ज्याङ्ग राष्ट्रिय आधारभुत विद्यालयका शिक्षक सुरेन्द्र चेपाङले चेपाङ वालवालिकाहरु विद्यालयमा १२० जना विद्यार्थि रहेपनि निएमीत रुपमा ६० जना मात्र विद्यालय आउने बताए ।
उनले अझैपनि ५० प्रतिसत चेपाङ वालवालिकाहरु नियमित विद्यालय नआउने बताए । यसरी विद्यालय जाने कलीला वालवालिकाहरु अर्काको घरमा कामगर्ने, जंगलमा घाँसदाउरा गर्ने हुनाले समग्र चेपाङ समुदाय शिक्षामा पछाडी परेको हुदा व्यापार, व्यवसाय रोजगारीका अवसरहरु वाट समेत वन्चितहुनु परेको छ ।
यसै सन्र्धभमा नेपाल चेपाङ संघ चितवन जिल्ला शाखाको समन्वय र डेक– नेपाल सौराहा चितवनको साझेदारीमा श्री राष्ट्रिय आधारभुत विद्यालयमा ५२ जना छात्रछात्राहरुलाइ साप–नेपालले आज एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री एवं झोला वितरण गरेको साउथ एशिया पार्टनरशीप नेपाल (साप नेपाल)का अध्यक्ष गिता भट्टराइले बताउनु भयो ।
साप–नेपालले चितवन लगाएत अन्य जिल्लामा संस्थाको आन्तरिक श्रोत वाट विपन्न वर्गका छात्रछात्राहरुलाई हरेकवर्ष शैक्षिक सामाग्री एवं छात्रवृद्धि वितरण गर्दै आईरहेको छ । कार्यक्रममा प्रभावशाली पुरुष उमेश चेपाङले शिक्षा र चेतनाको कमिका कारण इच्छाकामना गाउँपालिका वडा नं. ६ मा अझैपनि वालविवाह र वालश्रमीकको रुपमा वालवालिकाहरु प्रयोग भैरहेको बताए । उनले वालविवाहरुको विरुद्धमा सरोकारवालाहरुले कुनै चासो नदेखाएको बताए ।
कार्यक्रममा डेक नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले गरिव तथा विपन्न समुदायका छात्रछात्राहरुलाई शिक्षाको क्षेत्रमा सहयोग गरी सवल र सक्षम नागरिक उत्पादन गरि देसको विकासमा योगदान गर्न हरेक संघ संस्थाले आ आफ्नो तर्फवाट सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष भुपेन्द्र चेपाङले शिक्षाको सहज पहुँच नभएको कारण चेपाङ वालवालिकाहरु हरेक क्षेत्रमा पछाडी परेको बताए । भौगोलिक विकटताको कारण वालवालिकाहरुलाई विद्यालय जान धेरै समय लाग्ने हुनाले माध्यामिक तथा उच्च माध्यामिक तहमा अध्यन गर्न नसकेको बताए ।
साप नेपालका अध्यक्ष गिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चेपाङ संघका प्रदेश सचिव लक्ष्मण चेपाङ, श्री राष्ट्रिय आधारभुत प्राथमिक विद्यालय आधामारका वुद्धिमान चेपाङ, डेक नेपालका उपाध्यक्ष धनमाया चेपाङ लगाएतले मन्तव्य राखेका थिए ।