भरतपुर सरकारी अस्पताललाई सूचनामैत्री बन्नका लागि आग्रह

446

चितवन,१७ पुस । भरतपुर सरकारी अस्पताललाई सूचनामैत्री बन्नका लागि आग्रह गरिएको छ ।अस्पतालले मासिकरुपमा प्रकाशन गर्दै आएको बुलेटिन विमोचन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेलले अस्पतालको सेवाप्रवाहबारे नियमित जानकारी दिने उद्देश्यले सूचना प्रवाहमा ख्याल गर्न सुझाव दिनुभयो

प्रदेशसभा सदस्य रीना गुरूङले अस्पताल सुधारका लागि सेवाग्राहीसँग नियमित भेटघाट र प्रतिक्रिया लिई सोहीअनुसार काम गर्नुपर्ने बताइन् ।कार्यक्रममा बोल्दै अस्पताल सञ्चालक समितिका अध्यक्ष खिमलाल भण्डारीले सुधारका लागि विभिन्न कामहरु भइरहेको बताउनुभयो ।

अधिकारकर्मी मीना खरेलले स्वास्थ्य सेवाप्रवाह प्रभावकारी भएमा सरकारी सेवाप्रति नागरिकको विश्वास बढ्ने र अन्ततः यसले सरकारलाई नै फाइदा पुग्ने बताउनुभयो ।

अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालका गतिविधिहरुबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले बुलेटिन प्रकाशनको काम गरिएको बताउनुभयो ।