सहकारीका सञ्चालकहरुसंग सारथीको अन्तरक्रिया

608

रत्ननगर । सारथी मोटर्सले रत्ननगर,खैरहनी र कालिकामा सञ्चालित सहकारी संस्थाहरुसंग शनिवार अन्तरक्रिया कार्यक्रम गरेको छ । हिरो मोटर साइकलको आधिकारिक विक्रेता सारथीले व्यापार प्रबर्धन र फाइसान्स सुविधाको विषयमा सहकारीका सञ्चालकहरुसंग अन्तक्रिया गरेको हो ।

कार्यक्रममा सहभागीहरुले सहकारीमा फाइनान्स गर्दा लगानी सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताएका थिए । कार्यक्रममा सारथी मोटर्सको सञ्चालक शंकर पौडेलले मोटर साइकलको व्यापार प्रबधनको लागि सहकारी महत्वपूर्ण अंग भएकाले उनीहरुसंगको निकटता बढाउन कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा सारथीका सञ्चालकहरु तेजेन्द्र कुँवर,संजय लामा,दिनोज श्रेष्ठ सहित रत्ननगर,खैरहनी र कालिकाका एक दर्जन सहकारीका सञ्चालकहरुको सहभागिता रहेको थियो ।