रत्ननगरका सामाजिक अगुवा सम्मर बहादुर मल्लको निधन

759

चितवन २७ फागुन । रत्ननगरका सामाजिक अगुवा तथा नेपाली काग्रेस रत्ननगरका पूर्व नगर सभापति सम्मर बहादुर मल्लको सोमवार राती निधन भएको छ । लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय मल्लको ५६ वर्षको उमेरमा राती एक बजे निधन भएको हो । कलेजोमा समस्या देखिएर काठमाडौको विर अस्पतालमा उपचारको क्रममा रहेका मल्लको निधन भएको हो ।


देवघाटमा परम्परा अनुसार अन्त्यष्टी गरिएको हो । उनको पार्थिव शरिरमा नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति टेकप्रसाद गुरुङ,रामकृष्ण घिमिरे,शेषनाथ अधिकारी,कृष्णलाल सापकोटा,टिकाराम न्यौपानेले पार्टीको झण्डा ओढाएका थिए । नेपाल कम्यूनिष्ट पार्टीका बाग्मती प्रदेशका सह ईन्चार्ज काशीनाथ अधिकारी र चितवनका ईन्चार्ज कृष्ण प्रसाद खनाल,रत्ननगरका मेयर नारायण वन,मेलमिलाप समितिकी संयोजक पार्वती न्यौपाने लगायतले देवघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
मल्ल रत्ननगर नगरपालिका वडा नं ९ मा गठिन वडा स्तरीय मेलमिलाप समितिका संयोजक हुन । रत्ननगर खानेपानी संस्थाका पूर्व सल्लाहकार, रेडक्रस रत्ननगर उपशाखाका पूर्व कोषाध्यक्ष,टिकौली सामुदायिक वनको पूर्व उपाध्यक्ष हुन । नेपाली कांग्रेस रत्ननगरले मल्लको निधनले अपुरणिय क्षति पुगेको भन्दै शोक यक्त गरेको छ । नगर सभापति रुपनराज घिमिरेले मल्लको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उनको संगठन सुदृढीरकरणमा असर पुगेको जनाएका छन ।