चितवनमा हाटबजार बन्द गर्न प्रशासनको निर्देशन

342

चितवन ०६ चैत । जिल्ला प्रशासन कार्यालयले चितवनमा हाटबजार बन्द गर्न निर्देशन दिइएको छ । कोरोना भाइरसको प्रभावका कारण जिल्ला प्रशासन कार्यालयले सुचना गरी गरी जिल्ला भित्र सञ्चालन हुने हाटबजार बन्द गर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आज (बिहीबार)देखि नै लागू हुने गरी हाटबजार बन्द गर्न निर्देशन दिएका हुन । हाटबजार सबैभन्दा धेरै भिडभाड हुने स्थान हो । पछिल्लो समय सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्देशन दिए पनि हाटबजार तर्फ कसैको ध्यान गएको थिएन ।

हाटबजार बन्द गराउन चर्को दवाब आउन थालेपछि प्रशासनले अर्को सूचना नआएसम्मका लागि हाटबजार बन्द गर्न निर्देशन दिएको हो ।