लघु चलचित्र तिज र पुरुष युट्युव मार्फत सार्वजनिक

170

चितवन २८ साउन । तिजकाे अबसर पारेर छाेटाे चलचित्र “तिज र पुरुष” युट्युब मार्फत सार्वजनिक गरिएकाे छ । लेखक, निर्माता तथा निर्देशक नवीन के. शर्माले बनाएकाे उक्त छाेटाे चलचित्र बाेण्ड्स फिल्म प्राेडक्सनकाे युट्युब च्यानल मार्फत मंगलबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि सार्वजनिक गरिएको हाे ।चलचित्रका प्रस्तुतकर्ता शर्माले हरितालिका तिजकाे अबसर पारेर चलचित्र निर्माण गरिएकाे बताए । उनले तिज महिलाकाे पर्व भएपनि पुरूष जाेड्नुकाे कारण तिज पर्व पुरुष बिना खल्लाे हुने र सबै परिवार मिलेर तडकभडक रहित तवरले मनाउनु पर्ने सन्देश दिन चलचित्र निर्माण गरिएकाे बताए ।करिब ११ मिनेट मात्र रहेकाे साे चलचित्रमा केदार दवाडी, रेश्मा सुवेदी, सागर हेल्लाे जान र नवीन के. शर्मा लगाएतकाे मुख्य अभिनय रहेकाे छ भने स्मारिका दराई र निरज दराईलाई बाल कलाकारकाे रुपमा प्रस्तुत गरिएको छ । फिल्मलाई आभाष रानाले छायांकन गरेका छन भने सुमित लामाले सम्पादन गरेका हुन ।