डेक नेपालको साधारण सभा : चेपाङ महिला शसक्तिकरणको समीक्षा

275

चितवन २४ असोज । डेभलपमेन्ट एक्सचेन्ज सेन्टर–नेपाल (डेक–नेपाल),सौराहा,चितवनको १७ औ बार्षिक साधारण सभा शनिवार संम्पन्न गरेको छ । २०५९ साल देखिे न्यायपूर्ण तथा लोकतान्त्रिक सुशासन प्रवर्धन गर्नको निम्ति पछाडि पारिएका वर्गहरुको आर्थिक सामाजिक रुपान्तरण कार्यमा निरन्तररुमा कार्यक्रम गर्दै आईरहेको उक्त संस्थाले हाल विभिन्न दाताहरुसंगको साझेदारीमा विभिन्न परियोजनाहरु संचालनगर्दै आईरहेको छ ।
यस संस्थाले USAID/FHI360 को सहयोगमा CS MAP Project (पारस्पारिक जवाफदेहिता परियोजना) तथा UNDEF को आर्थिक सहयोगमा नेपालमा लैङ्गिक मैत्री सुशासन प्रवर्धनका लागि युवा चेपाङ महिला नेतृहरुलाई सहयोग तथा चेपाङ महिला सशक्तिकरण सम्वन्धी कार्यक्रमहरु चितवन,धादिङ्ग,मकवानपुरमा संचालन गदै आईरहेको छ ।
ग्रामिण क्षेत्रका सिमान्तकृत,विपन्नवर्गको आर्थिक, सामाजिक, राजनैतिक साथै नेतृत्वक्षमताको विकास गर्नुको साथै सरोकारवाल निकायहरुलाई जवाफदेहि बनाउन पैरवीगर्ने,नागरिक समाज संस्थाको आन्तरीक सुशासन प्रवद्र्धन गर्ने,विभिन्न संजालहरु संग सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको छ ।
साप नेपाललगाएतका संस्थाहरु संगको साझेदारीमा चेपाङ समुदायका जेहनदार विद्यार्थीहरुलाई स्टेसनरी, झोलाबितरण र ६० जना महिलाहरुलाई सुधारीएको चुलो बितरण गरेको छ । कोरोना माहमारीको समयमा चेपाङ समुदायमा ८८० वरिवारलाई राहत वितरणगर्नुका साथै ११ वटा अगुवा चेपाङ महिला पैरवीमञ्च गठन गरी १३ क्षमता अभिवृद्धि मुलक तालिम तथा ३३ वटा अन्तरक्रीया कार्यक्रम संचालन गरेको छ ।
यसका साथै धादीङ्ग,मकवानपुरमा नागरिक समाजमञ्च, साझा सभा, रेडीयो श्रोता समुह  गठन गरेर समसामयीक विषयमा पैरवी गर्दै आएको बार्षीक प्रगती प्रतिवेदन प्रस्तुती मार्फत संस्थाका निर्देशक जनक कार्कीले साधारण सभामा प्रस्तुत गरी सभावाट पारीत गरीएको थियो ।

संस्थाका कोषाध्यक्ष केदारप्रसाद गौतमले आर्थिक बर्ष २०७६।७७को आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा २ वटा परियोजना अन्तरगत रु ९१ लाख रुपैया कार्यक्रममा खर्च भएको बताउदै आगामी बर्ष २०७७।७८ को प्रस्तावित बजेट तथा कार्यक्रम अन्तरगत १ करोड २८ लाख रुपैया छुट्टाएको बताउदै साधारण सभा बाट पारीत गराउनु भयो ।
कार्यक्रममा संस्थाको रणनैतिक कार्य योजनाको समिक्षागर्नुका साथै संस्थाको आन्तरीक सुशासन र स्वनियमनका न्यूनतम मापदण्ड निर्देशिकाको समिक्षा गरी साधारण सभाद्धारा अनुमोदन गरीएको थियो ।
कोभिड १९ को कारण शारीरिक रुपमा उपस्थित नसके पनि जुम प्रविधिको माध्यम वाट भर्चुअल बैठक संचालन गरिएको थियो । सभामा उपाध्यक्ष धनमाया चेपाङले स्वागतमन्तव्य राख्नु भएको थियो भने अध्यक्ष शिखा श्रेष्ठले सभाध्यक्षता ग्रहण गर्नु भएको थियो ।
कार्यक्रममको समापन मन्तव्यको कममा अध्यक्ष शिखा श्रेष्ठले सबै सदस्यहरुलाई निरन्तर सहयोगको लागी धन्यवाद दिदै सुशासन प्रर्वद्धनका लागी आगामी दिनमा नेतृत्व हस्तानतरण र समावेसी बनाउदै जानुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाको १४ जना सदस्य तथा ३ जना अनुगमनकर्ताहरुको उपस्थिती रहेको थियो ।