मदन भन्डारी फाउन्डेसन खैरहनीको पदाधिकारी चयन

191

चितवन असोज २४ । मदन भन्डारी फाउन्डेसन खैरहनी नगर कमिटीको गत असार ८ गते गठित दोस्रो सचिवालय बैठकद्वारा पदाधिकारीहरु चयन गरेको छ। फाउन्डेसनका अध्यक्ष पुर्ण बहादुर डल्लाकोटिको अध्यक्षतामा एवं मदन भन्डारी फाउन्डेसन चितवनका संस्थापक अध्यक्ष एवं बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनितीक सल्लाहकार जग्गनाथ थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले सचिवालय सदस्यहरु मध्येबाट पदाधिकारी चयन गरेको छ।

उपाध्यक्षमा स्वरुप सुयाल,दिपेन्द्र खरेल र शान्ति अधिकारी रहनु भएको छ । त्यसैगरि सचिवमा प्रेम केसि र कोषाध्यक्षमा शान्ति चौधरी रहनु भएको छ । त्यस्तै बैठकले नगर कमिटीको ९ सदस्यीय सल्लाहकार कमिटी समेत चयन गरेकोछ । सल्लाहकार कमिटीको संयोजकमा मुकुन्द दाहाल, सदस्यहरुमा अशोक रैला, वसन्त नेपाल, मुकुन्द दुवाडी, कमल न्यौपाने, ईन्द्रप्रसाद लामिछाने, भरत भन्डारी, राजेन्द्रप्रसाद शिवाकोटी र श्याम कडेल रहनुभएको छ।

साथै नगर सचिवालय कमिटी कुल ३३ सदस्यीय रहने निर्णय गरेको छ। बैठकमा मदन भन्डारि फाउन्डेसन चितवन कमिटीका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, जिल्ला सचिव श्याम बिष्ट, सहसचिव तिलकराज रिमाल, मदन भन्डारी फाउन्डेसन जिल्ला कमिटीका सदस्यहरु कृष्णलाल चौधरी, शेखर शर्मा रेग्मी, किशोर बाबू पुरी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य प्रताप डल्लाकोटि लगायतका अतिथिहरुको सहभागीता रहेको थियो। बैठकले समाजमा कोभिड–१९ बाट पार्न सक्ने थप असरबाट सतर्क रहन र आ–आफ्नो स्थानबाट यस महामारीको प्रतिरोधमा लाग्न नगर बासीलाई अपिल समेत गरेको छ ।

कार्यक्रममा थपलियाले मुलुक अहिले मदन भन्डारिले देखाउनुभएको बाटोमा नै हिडिरहेको बताउँदै उहाँले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको बिचारलाई अनुसरण गर्दै रचनात्मक सामााजिक काम गरेर समाजलाई योगदान दिन आग्रह गर्नुभयो । फाउन्डेसनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराईले मदन भन्डारिको बिचारलाई सिरोपर गरेर आफ्नो नेतृत्वमा रहेको मदत भन्डारी फाउन्डेसन सामाजिक संस्था मार्फत समाजको रुपान्तरण र सचेतनामा सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।