राप्ती नगरपालिकाको चौथो नगर सभा सुरु

864

राप्ती, २२ पौष । पूर्वी चितवनको राप्ती नगरपालिका कार्यालयको चौथो नगर सभा आइतबारदेखी शुरु भएको छ । राप्ती नगरपालिका वडा नं ४ मा रहेको काशीरुपा आधारभूत विद्यालयको सभाहलमा सुरु भएको नगर सभाले नगरलाई आवश्यक कानुन निर्माण गर्ने छ ।

सभामा नगर पालिकाको विभिन्न समितिले तयार पारेका केही कानुनमा समेत छलफल हुने छ । नगरलाई सुशासन कायम गदै भष्टचारमुक्त बनाउनुपर्ने, सेवाग्राहीमैत्री बनाउन नगर सभा आवश्यक रहेको नगर कार्यपालिका सदस्य पुष्पा केसीले बताउनुभयो । नगर सभा मेयर प्रभा बरालको अध्यक्षतामा हुनेछ ।