सामाजिक उद्यमी सहकारी संघको अध्यक्षमा पार्वती न्यौपान चयन

270

चितवन २७ असोज । जिल्ला सामाजिक उद्यमी सहकारी संघ लि.चितवनको अध्यक्षमा पार्वती न्यौपाने चयन भएकी छन । संघको आज सम्पन्न सातौ साधारण सभा तथा दोस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सीता तिमिल्सिना,सचिवमा मीना पौडेल,कोषाध्यक्षमा ऋषिमाया पौडेल र सदस्यहरुमा सोनिया चौधरी,छमीकुमारी रानामगर र सावित्री ओती चयन भएका छन । संघको लेखा समिति संयोजकमा शुभद्रा घिमिरे र सदस्यहरुमा सरिता भूषाल,ज्ञानीसरा अधिकारी न्यौपाने चयन भएका छन ।

जिल्ला सहकारी संघका अध्यक्ष हरि पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा सचिव तुलसी प्रसाद घिमिरे,महिला समन्वय समितिकी इन्दिरा पौडेल लगायतले मन्तव्य राखेका थिए । क्षेत्रकुमारी पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रम मीना पौडेलले सञ्चालन गरेकी थिइन ।