सम्भोगको समय : उपयुक्त बिहान कि राति ?

102

यौन सम्पर्क गर्ने सही समय कुन होला ? कोही रातिको समयलाई उपयुक्त मान्छन् भने कसैले बिहानको समय यौन सम्पर्कको लागि उपयुक्त मान्छन् । तर मान्छेको उमेर अनुसार मान्छेको मनभित्र कामभावना फरक हुने गर्छ । मान्छेको उमेर अनुसार उसको शरीरमा बदलाव आउँछ र त्यसले मान्छेको कार्यक्षमतामा पनि असर गर्ने गर्छ । उमेर अनुसार सम्भोगको समय यस्तो हुन्छ ।

२० वर्षको उमेरमा : विशेषज्ञहरु यस उमेरका धेरै मान्छेमा मध्य दिउँसो धेरै कामभावना विकास हुने र दिउँसो ३ बजेतिर यो भावना चरम रुपमा पुग्ने बताइन्छ । यसका अलावा यस उमेरका मान्छे दिनमा कहिलै पनि यौन सम्पर्क राख्न सक्छ ।

३० वर्षको उमेरमा : यो उमेको मान्छेको व्यवहार बदलिइसकेको हुन्छ । यो उमेरको मान्छेलाई बिहानको समयमा यौन सम्पर्कको लागि तीब्र इच्छा हुन्छ । यो उमेरको मान्छेको लागि बिहान साढे आठ बजेतिरको समय सम्भोगको लागि उपयुक्त मानिन्छ । सूर्य उदाएसँगै यो उमेरका केटाकेटी दुवैमा टेस्टोस्टेरोनको स्तर बढ्न जान्छ ।

४० वर्षको उमेरमा : यो उमेरको मान्छेको लागि रातिको समय यौन सम्पर्कको लागि उपयुक्त हुने गर्छ । विशेषज्ञहरूका अनुसार राति साढे १० बजेको समयमा यौन सम्पर्क राख्नु यो उमेरका मान्छेको लागि उपयुक्त हुन्छ । यसबाहेक ५०, ६० र ७० वर्ष उमेर समूहका मान्छेको लागि राति १० बजेको समय सम्भोगको लागि उपयुक्त हुने गर्छ ।

कुन समयमा सम्भोग गर्दा कस्तो फाइदा ?

उमेर समूह अनुसार त एउटा सम्भोगको समय तय भयो । त्यसबाहेक उमेर समूह अनुसारको समय नमानेर अरु समयमा सम्भोग गर्दा पनि निम्न फाइदा हुन सक्छ ।

बिहानको समयमा सम्भोग गर्दा

बिहानको समय यौन सम्पर्कको लागि शरीरमा टेस्टोस्टेरोन र ऊर्जाको स्तर बढी हुने गर्छ । यसका साथसाथै अक्सिटोसिनको स्तरमा बढोत्तरी हुँदा दिनभरि नै हामीले दम्पतीबीच सौहार्दपूर्ण वातावरण बनाउन सकिन्छ । यसका अलावा एन्ड्रोफिन हर्माेनले हाम्रो मुडलाई ठीक गर्ने काम गर्छ ।

बदलिँदो मौसममा यौन गर्नु

मौसम चिसो भयो या कुनै मौसमको बदलीको समयमा बढी जसो यौन उत्तेजना आउने गर्छ । अध्ययनबाट यो कुरा पत्ता लागेको छ कि यस समयमा यौन सम्पर्क राख्नुले तपाईंको रोग प्रतिरोध क्षमतामा बढोत्तरी हुने गर्छ । यसको मतलब जुनसुकै बेलामा पनि बिरामी भएपछि यौन सम्पर्क राख्नु उचित हुन्छ भन्ने कुरा भने होइन । यौन सम्पर्कले मौसम परिवर्तनका कारण हुने सम्भावित समस्यालाई समाधान गर्न मद्धत गर्छ ।