मन्त्रिपरिसद् पुनर्गठन : तीन मन्त्री थपिय,अर्थमन्त्रीमा विष्णु पाैडेल

111

काठमाडाैं २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

कृष्णगोपाल श्रेष्ठले सहरी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् ।

मन्त्रीमण्डलमा व्यापक हेरफेर हुने हल्ला चले पनि प्रधानमन्त्री ओलीले अर्थमा विष्णु पौडेललाई ल्याउनु बाहेक खासै परिवर्तनको आभाष दिन सकेनन् ।

रक्षा मन्त्रालयको जिम्मेवारी आफैमा राखेका ओलीले ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिएका छन् ।