सानो घरका नानीहरुसंग अक्षंशको जन्मदिन मनाइयो

347

रत्ननगर । रत्ननगरका समाजसेवी तथा युवा व्यवसायी अर्जुन बस्ताकोटी र साहाना श्रेष्ठ बस्ताकोटीको छोरा अक्षंश बस्ताकोटीको जन्मदिन अनाथ वालिकाहरुसंग मनाइएको छ । जन्मदिनमा गरिने अन्य रमाइला कार्यक्रम नगरी सानो घरमा आश्रित नानीहरुसंग छोराको जन्मदिन मनाएको बुवा अर्जुज बस्ताकोटीले बताए ।

जन्मदिनको अबसरमा सानो घरमा आश्रित १८ जना वालिकाहरुलाई जाडोमा लगाउने ज्याकेट र खाना खुवाइएको उनले बताए । पछिल्लो समय सञ्चारकर्ममा प्रवेश गरेका बस्ताकोटीले छोराको जन्मदिनलाई अर्थपूर्ण बनाउन सानो घरका नानीहरुलाई सहयोग तथा संगै बसेर खाना खाने कार्यक्रम आयोजना गरेको बस्ताकोटीले बताए ।

अक्षंशको जन्मदिन मनाउन बास्ताकोटी परिवारका सबै सदस्य सानो घरमा गएका थिए । सानो घरकी अध्यक्ष विमला श्रेष्ठले अक्षंशलाई जन्मदिनको शुभकामना दिँदै सहयोग गर्ने बास्ताकोटी परिवार प्रति आभार प्रकट गरेका थिइन ।