खैरहनीमा रक्तदान,४४ युनिट रगत संकलन

366

खैरहनी ३० असोज । पूर्वी चितवनको खैरहनी स्थित मेलमिलाप चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चार महिला सहित ४४ जनाले रक्तदान गरेका छन् । स्थानीय वि को पहलमा हेमोफिलीया र प्राईम नेपालको सयुक्त आयोजनामा सो कार्यक्रम भएको हो ।

हेमोफीलिया सोसाईटी नेपालका तर्फबाट वि का सदस्य तथा हेल्प सोसाईटीका महासचिव एवम ब्लड डोनर्स एसोसियसन नेपालका पूर्व सदस्य दिपक न्यौपाने,संस्थाका महासचिव प्राईम नेपालका तर्फबाट संस्थापक कार्यकारी निर्देशक अनुप अधिकारी वि का सदस्य तथा हेल्प सोसाईटीका महासचिव तथा ब्लड डोनर्स एसोसियसन नेपालका पूर्व सदस्य दिपक न्यौपाने लगाएतले मन्तब्य राख्नुभयो ।

समाजसेवी रामनाथ न्यौपाने बाट उदघाटन भएको कार्यक्रममा समाजसेवी,संघ संस्थाका प्रतिनीधि,व्यवसायी लगायतको उपस्थिति थियो । विबिका संयोजक अमृत अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा वडा न ४ का अध्यक्ष देव बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । अस्पतालहरुमा भएको रगतको अभाब न्यूनीकरण गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।