चितवनको रत्ननगरमा झोलुङ्गे पुल निर्माण सूरु

517

अर्जुन बस्ताकोटी,

चितवन १ कार्तिक । पूर्वी चितवनको रत्ननगरमा झुलुङ्गे पुलको निर्माण सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ७ स्थित पर्यटकिय क्षेत्र बद्रेनीमा पुलको सिलन्यास गरिएको हो ।

हात्ती प्रजनन केन्द्र जाने बाटोमा रहेको बुढि राप्ती खोलामा झुलुङ्गे पुल निर्माणको काम सुरु भएको हो । एक करोड ५० लाखको लागतमा निर्माण हुन लागेको पुलको चितवन क्षेत्र नम्बर १ ख का साँसद कृष्ण खनालले आज एक कार्यक्रमको बिच सिलन्यास गरेका हुन् । आगामी बैशाखसम्ममा काम सम्पन्न हुने गरि काम सुरु भएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जनाकारी दिए ।

पुल १६७ फिट लम्बाई र ४ फिट चौडाईको हुने जनाइएको छ । पर्यटकिय क्षेत्रमा निर्माण हुन लागेको पुलले पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने रत्ननगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजन भट्टले बताए । कार्यक्रमका प्रमुख अतिथी प्रदेश साँसद खनालले प्रदेश सरकारले पर्यटन प्रर्वद्धनमा प्राथमिकत दिदै आएको बताए । मानव वन्यजन्तबिचको द्धन्द न्यूनिकरण गर्दै वन्यजन्तु संरक्षण गर्दै पर्यटन प्रर्वन्धन गर्न प्रत्येक पालिकाहरुमा कंक्रिट वाल निर्माणको काम भइरहेको साँसद खनालले बताए ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जित बहादुर तमाङ्ग , पुलका प्राविधिक शेखर रायमाझी , नेकपा नगर अध्यक्ष कुल प्रसाद लामिछाने लगायतले विकास निर्माणको काममा सबैले चाँसो दिएर निगरानी गर्नुपर्नेमा जोड दिए ।