कोरोना संक्रमितको निशुल्क उपचार गर्ने मेयर वनको घोषणा

143

चितवन ०५ कार्तिक । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले कोरोना संक्रमितको उपचार निशुल्क गर्ने घोषणा गरेका छन ।
केन्द्र सरकारले कोरोना संक्रमितको उपचार खर्च आफैले व्यहोर्नुपर्ने निर्णय सार्वजनिक गरेको भोली पल्ट मेयर नारायण वनले नगर भित्रका कोरोना संक्रमितको उपचार नगरपालिकाले गर्ने घोषणा गरेका हुन । रत्ननगर नगरपालिका वडा नं १५ को नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर वनले अहिलेको प्राथमिकता नगरबासीको जीवन रक्षाको भएकाले संक्रमितको उपचार निशुल्क गर्ने घोषणा गरे ।
विकास अर्को बर्ष गरौला उनले भने अहिले कोरोना महामारीबाट नगरबासीलाई जोगाउने हो । कोरोना संक्रमितको निशुल्क उपचारको लागि मुख्यमन्त्रीलाई आग्रह गरेको भन्दै उनले कथमकदाचित प्रदेशले नगरे रत्ननगरले नै संक्रमितको निशुल्क उपचार गर्ने बताए । उनले दसैं लगतै कार्यपालिकाको बैठक बोलाएर संक्रमितको निशुल्क उपचार गर्ने एकमात्र प्रस्ताब पारित गर्ने बताए ।

प्रदेश सरकारले ग¥यो भने भइहाल्यो उनले भने नगरेपनि यो विषयमा हामी चुक्दैनौं । आर्थिक अबस्था कमजोर भएर कोरोनाको उपचार नपाएर कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अबस्था आउन नदिने उनको भनाई छ ।