कोरोना संक्रमितको संख्या ह्वातै बढ्यो,एकदिन ५७४३ नयाँ संक्रमित थपिए

115

अर्जुन बस्ताकोटी,
चितवन । नेपालमा बुधवार कोरोन संक्रमितको संख्या ह्वातै बढेको छ । एकैदिन बुधबार सबैभन्दा बढी अर्थात् एकैदिन ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा थप २९९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । हाल क्वारेन्टाइनमा ४ हजार ६५ र आइसोलेसनमा ४४ हजार ४७६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप २६ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको मन्त्रालयले जनाएको छ।