रत्ननगरका कोरोना संक्रमित पुरुषको मृत्यु,मृतककाे संख्या पाँच पुग्याे

251

कार्तिक ५ गते । चितवनका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रत्ननगर १३ का ४० बर्सिय पुरुषको मृत्यु भएको हो । क्यान्सर रोगबाट पीडित समेत रहेका उनमा असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बुधबार अपरान्ह ४:२८ बजे उनको मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए । यो संगै रत्ननगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।