दसैंको अबसर पारेर कर्मचारीलाई सम्मान र पुरस्कृत

349

अर्जुन बस्ताकोटी,

रत्ननगर । रत्ननगरमा मुख्य कार्यालय रहेको एक प्रतिष्ठित ग्रुपले दसैंको अबसरमा आफ्ना कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । एच एण्ड एस ग्रुप नेपाल चितवनले उत्कृष्ट काम गर्ने ३० जना कर्मचारीलाई पुरस्कृत तथा १२० जना कर्मचारीलाई सम्मान गरेको हो । नेपालीहरुको महत्वपूर्ण चार्डमा बर्ष भरी काम गराएर तलब समेत नदिने अन्य कम्पनीहरुलाई चुनौती दिंदै सो ग्रुपले कर्मचारीलाई सम्मान गरेर श्रमबजारमा तरङ्ग ल्याएको छ ।

 

रत्ननगर स्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा ग्रुपका अध्यक्ष पुरु खनाल र प्रबन्ध निर्देशक प्रमिला पोखरेलले नगद पुरस्कार सहित खादा,टिका लगाएर सम्मान गरेका थिए । सो अबसरमा निर्देशक पोखरेलले कर्मचारीहरुको योगदानका कारण कम्पनीले उत्कृष्ट काम गर्दै आएको बताइन । कर्मचारीको मनोबल र हौसला बढाउन नेपालीहरुको मुख्य पर्ब दसैंको अबसरमा पारेर सम्मान गरिएको उनले बताइन ।

एच एण्ड एस ग्रुपमा १३ वटा कम्पनीहरुले काम गरिरहेका छन । विशेष गरी पोल्टीसंग सम्बन्धित रहेको सो ग्रुप अन्तर्गत कुखुरा,गाइभैसीको दाना उत्पादन,चल्ला,अण्डा र कुखुरा उत्पादन,औषधि तथा ल्याव सेवा र मासु प्रशोधनको काम भइरहेको अध्यक्ष पुरु खनालले बताए । बुवाले गरेको पेशालाई निरन्तरता दिएका खनालले पोल्टी क्षेत्रमा ग्रुप र ग्रुप भित्र पनि कम्पनी सञ्चालन गरी कुखुराजन्य सामाग्री उत्पादन र विक्री गरिरहेका छन । उनी नेपालका सफल मध्यका एक व्यवसायी हुन ।