स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर टीका लगाउन मेयर वनको आग्रह

113

चितवन । चितवनको रत्ननगर नगरपालिकका मेयर नारायण वनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सुरक्षित साथ दसैं मनाउन आग्रह गर्नुभएको छ । विजयादशमी लगायत आउँदै गरेको विभिन्न चाडपर्वका अवसरमा सुभकामना सन्देश जारी गर्दै उहाँले सरकारद्वारा जारी गरिएका स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्णरुपले पालना गरेर मुख्य पर्व दसैं लगायतका चाडवाड मनाउन आग्रह गर्नुभएको हो ।
कोरोना महामारीको संक्रमणबाट जोगाउने दायित्व सबै नागरिकले महशुस गरेर स्वास्थ्य सुरक्षा मापदण्डलाई प्राथमिकताका साथ अवलम्वन गरेर मात्र दसैं मनाउने क्रियाकलापहरुमा संलग्न हुन उहाँले अनुरोध गर्नुभएको हो । मेयर वनले मान्यबरहरुसंग टिका लगाउदा समेत सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्नुभएको हो ।

महामारीबाट आम जनसमुदायमा स्वास्थ्य र जीवनको रक्षा गर्ने चुनौती थपिएको, नागरिकको आर्थिक र सामाजिक जनजीवनमा नै प्रतिकुल प्रभाव पर्न गएकाले थप संक्रमण रोक्न सबैको सहकार्य आवश्यक रहने उहाँँहरुले बताउनुभएको छ । उहाँले अनावश्यक रुपमा भिडभाड नगर्न र सुरक्षित साथ आफ्ना परिवार बीचमा मात्र दशैं मनाउन नगरबासीहरुलाई आग्रह गर्नुभएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको भन्दै मेयर वनले टिका लगाउने क्रममा कोरोना संक्रमण हुन सक्ने खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।