अबरुद्ध विजुली सुचारु गर्न प्राधिकरण टाँडीका हाकिम फिल्डमा,आठ बजे भित्र विजुली आउने

179

रत्ननगर । पूर्वी चितवनको राप्ती ८ बडरामा रहेको २०० केभीको टासफोर्मर जलेर विद्युत अबरुद्ध भएपछि नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीबास्तब सहित इन्जिनियरहरु टासफोर्मर फेरेर विद्युत सुचारु गर्न फिल्मै खटिएका छन ।

टासफोर्मर जलेर बडरा क्षेत्रमा विद्युत अबरुद्ध भएपछि दसैंको टिकालाई समेत बेवास्था गरी प्राधिकरण टाँडीका प्रमुख सहित कर्मचारीहरु फिल्डमा खटिएका हुन । हेटौडाबाट नयाँ टासफोर्मर ल्याएर ८ बजेभित्र विद्युत सुचारु गर्ने गरी काम गरिएको प्रमुख श्रीबास्तबले बताए । हामीलाई दसैंको टिका भन्दा पनि जनतालाई दिने सेवा महत्वपूर्ण हो प्रमुख श्रीबास्तबले भने दसैंको दिन जनताको घरमा विजुली नहुने वातावरण हुन हामी दिँदैनौं ।

टासफोर्मर फेरेर विद्युत विद्युत सुचारु गर्न प्राधिकरणका कर्मचारीहरुले तनमन लगाएर काम गरेको उनको भनाई छ । आज कर्मचारीहरुको विदाको दिन हो उनले भने तर विद्युत आपूर्ति बन्द भएपछि आवश्यक कर्मचारीहरु विदा र दसैं भनेर घर बस्नुभएन ।