लघुकथा:- स्याउ फाेन

855

दिपक खनाल “अगम” ।

बाबा! मलाई एउटा स्याउ फाेन किन्नु छ ! हामी घरमा कहिलेकाहीँ चाईनिज पनि बाेल्छाै (पापा, व याअाे माई ईक पिङ्गाे साैचि) छाेरा जाडाे बिदामा घर अाउँदा मलाई भन्याे । ऊ राष्ट्रिय हाईस्कुल पढ्न ठुलाे शहर राजधानीमा बस्छ । याे उस्काे पहिलाे सम्यास्टर वा फ्रेसम्यन हाे । म एक सानो शहरमा डकर्मी काम काम गर्दै परिवार पालनपोषण र दुई सन्तानको शिक्षामा तिर्नुपर्ने शुल्क र मासिक घरायसी खर्चको विल तिर्न डगमगाई रहेकाे छु। यस्तो अबस्थामा म तिमीलाई कसरी यनटी डलर बिस,पच्चीस हजार पर्ने स्याउ फाेन किन्न सकाैंला । तिमी सँग याे अलि सस्तो स्मार्ट फाेन छदैछ त । यसैले काम चलाएँ हुदैन् ? उ अलि रिसाउँदै भन्याे, सबै सहपाठी र साथीहरू स्याउ फाेन नै चलाउँछन्न म एक्लै कागकाे बथानमा बकुल्ला !”

हेंर बाबू ! घाँटी हेरेंर गाँस निल्नु पर्छ भन्ने त तिमीलाई थाहै छ। फेरि किन यस्तो जिद्दी । स्याउ फाेन किन्नैपर्ने हाे भने, तिम्रो एक महिना बिदा छ । दस,पन्द्र दिन सुपर मार्केट, कन्भिनियन्ट स्टाेर वा ग्यास स्टेसनमा पार्टटाईम काम गरे पनि भनेकाे जस्तो फाेन किन्न पैसा पुग्दैन् । म सँगै गएर भाेलि बाटै दस, पन्द्र दिन निर्माण मजदुर (ज्यामी) काम गर । अनि मन लाग्या जस्ताे फाेन किन ।

मैले भने बमोजिम उस्ले सकी नसकी स्याउ फाेन सम्झदै नाैनि घिउ जस्ताे हातमा ठेला उठ्दा पनि हरेक दिन अाठ, नाै घण्टा काम गर्‍यो । अनि याे पनि बुझ्याे, पैसा रुखमा नफल्ने रहेंछ (मनि डजन्ट ग्रो अन द ट्रिज) ! घरमा टिभी बनाउनै नमिल्ने गरि बिग्रिएकाे पनि डेढ, दुई महिना भैसक्दा पनि मेराे नयाँ जाेड्ने सामर्थ्य थिएँन । ऊ पैसा बुझेकै दिन बजार गएँछ । म बेलुकी पख काम बाट फर्कदा घरमा सम्पूर्ण परिवार सँगै टिभी हेर्दै रहेंछन् । मैले उस्लाई देख्न साथ साेंध्य । खै हेराैं त कस्ताे हुदाे रहेछ स्याउ फाेन ? म ट्वाल्ल पर्ने गरि जवाफ दियाे । पापा ! चाहना भन्दा अावस्यकता महत्वपूर्ण हाेईन र ?