चितवन मेडिकल कलेजमा एक काेराेना संक्रमितकाे मृत्यु

309

चितवन । चितवनमा आज (आइतबार) थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत लमजुङस्थित मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरुषको आज विहान ४ः०७ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । ज्वरो र खोकीको समस्या भइ कार्तिक २० गते ती पुरुषलाई अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो ।

कार्तिक २० गते नै श्वास संकलन गरी कोरोना परीक्षण गर्दा कार्तिक २१ उहाँमा कोरोना रिपोर्ट पोजिटिभ आएको हो । कोभिड आइसीयूमा उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

चितवनमा हिजो एकैदिन दुई जना संक्रमितको मृत्यु भएको थियो ।