राप्ती नगरलाई स्मार्ट सिटी बनाउन बहस सुरु

785

अनुज न्यौपाने,
राप्ती,२४ पौष । गत स्थानिय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा निकै आकर्षक तरिकाले निर्वाचनमा होमिएका उमेदवारहरुले प्रचार गरिएको शब्द “स्मार्ट सिटी” पछिल्लो समय जनप्रतिनिधिहरुले उचारण समेत गर्न छाडेका छन । चुवानका बेला निर्वाचन जित्ने देखि हार्न सबैले “स्मार्टसिटी” बनाउछु भनेर बोलेकै हुन , त्यसमा पूर्वी चितवनको राप्ती नगरपालिका अछुतो रहने कुरै भएन ।

पछिल्लो समय राप्ती नगरपालिकामा स्मार्ट सिटीको बहस सुरु हुन थालेको छ । गत साता नेपाल सरकारको शहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा नगरपालिकाले नगरका सबै जनप्रतिनिधि, विज्ञ , विद्यालयका प्राचार्य , सबै सघ सस्थाका प्रतिनिधि, विभिन्न सरोकारवाला पक्षको सहभागी गराइ स्मार्ट योजना बनाउन ३ दिन सम्म छलफल चलायो । कार्यशाला गोष्ठीबाट सबै क्षेत्रको दिर्घकालिन योजनाहरु बनाएर त्यसको विषयगत अध्ययन थालिएको राप्ती नगर प्रमुख प्रभा बरालले बताइन । बरालले पूर्वाधारको विषयमा भने कस्ता पूर्वाधार निर्माण गर्न बारे विज्ञसँग छलफल गरिरहेको जानाकारी दिइन । कृषि , पर्यटन सँग प्रविधिको प्रयोग, पारदर्शिता, उद्यमशिलता, उत्पादनशिलता, व्यवस्थित बजार, समुदाय बनाउदै स्मार्ट पूर्वाधार निर्माण गर्न सकिए नगरपालिका आफै स्मार्ट सिटी बन्ने राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमाँगाइले बताए । नगरपालिकाले “समृद्ध राप्ती नगरको आधार ः कृषि, पर्यटन र पूर्वधार” भन्ने नारा समेत तय गरेको उनले जानकारी दिए । नगरपालिकाका विज्ञ कृष्ण पन्तले नगरलाइ स्मार्ट सिटी बनाउन थालिएको पहल प्रभावकारी हुनुपर्ने बताए । “हरेक टोल, समुदाय स्मार्ट बनाउने गरी डिजाइन हुनुपर्छ”, उनले भने, “छिटो छरितो सेवा पाउने, सहजताको अनूभूति जनताले गर्न पाउनुपर्छ ।” त्यति गरे मात्रै पनि जनताले स्मार्ट सिटीको महसुस गर्न सक्ने उनको बुझाइ छ ।

 (तस्बिर: राप्ती नगरप्रमुख प्रभा बराल, उपप्रमुख इमान सिह लामा र प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाँइ) 

नगरपालिकाले नगरमा अस्पताल, सिटी हल लगाएतको निर्माणको तयारी समेत थालेको छ । डाक्टर विहिन रहेको राप्ती नगरपालिकामा आगामी माघ १ गते देखि अस्पताल निर्माणको प्रक्रिया अगाडि बढने राप्ती नगर उपप्रमुख इमान सिह लामाले बताए । भण्डारामा अस्पताल निर्माण गरिए राप्ती नगरपालिकाका पहाडी क्षेत्रका चेपाङ समुदायलाइ उपचारका लागि सहज हुने विश्वास छ । नगरपालिकाले पूर्वाधार तर्फ राप्ती वडा न ४ मा सिटी हल बनाउने छलफल चलाएको छ । राप्ती नगरपालिकाको वडा न ४मा सिटी हल बन्ने  वडा अध्यक्ष शमशेर लामाले जानाकारी दिए । नगर भित्र रहेका सबै सडकलाइ नगरपालिकाले स्तोरउन्नती गरिरहेको छ । राप्ती नगरपालिका वडा न ८ थ्रि ग्रुपमा पिकनिक स्पोर्ट निर्माणको काम भइरहेको सो वडाका वडा अध्यक्ष बुद्धि राज थपलियाले बताए ।

त्यसतै नगरपालिकाले स्थानिय तथा बाहिरि पर्यटनलाइ आकर्षण गर्नका लागि राप्तीको परेवाकोटमा भ्ुयू टावर, कमिनचुली क्षेत्रमा केवलकार र नागदहमा आवश्यक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमागाइले बताए । नगरपालिकाले  एकिकृत बस्ती बिकासको कार्यक्रम समेत सञ्चालन गर्न लागेको उनले जानाकारी दिए । शिक्षा तर्फ नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का विद्यार्थीहरुलाइ निशुल्क टयुसनको व्यवस्था गरेको नगर शिक्षा अधिकृत हुमाकान्त अधिकारीले बताउनु भयो । उनले हरेक सामुदायिक विद्यालयमा भवन निर्माण , फर्निचरको व्यवस्था र शिक्षक नभएका ठाँउमा शिक्षकको व्यवस्था गरिएको जानाकारी दिए । नगरको विकासका लागि नगरपालिकाले उद्योग,ठूला ठूला व्यवसायलाइ प्रथामिकता दिनु पर्न उद्योग बाणिज्य सघका अध्यक्ष राजकुमार कडेलले बताउनुभयो । उहाँले उद्योग बिना नगर स्मार्ट सिटी बन्ने कल्पना समेत गर्न नसकिने धारण राख्नुभयो । नगरलाइ स्मार्ट सिटि बनाउनका लागि नगरपालिकाले , चुनौती र सम्भावना बारे विषयगत अध्ययन गर्न थालनी गरेको छ ।