सहकारीको साधारण सभामा उत्कृष्ट किसान पुरस्कृत

422

खैरहनी २५ पुस । खैरहनी १२ कुमरोज स्थित साना किसान कृषि सहकारी संस्थाले उत्कृष्ट किसानहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुधवार आयोजना गरिएको २३ औं बार्षिक साधारण सभाको अबसरमा सो सहकारीले विभिन्न विधामा करिब ३०० जना किसानहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । सो पशुको बीमा गर्ने ४ जना,पशुपालन गर्ने ६ जना,माछापालन गर्ने ४ जना,कुखुरापालन गर्ने ९ जना र बंगुरपालन गर्ने १ जना किसानलाई सम्मान तथा पुरस्कृत गरेको संस्थाका उपाध्यक्ष गितानाथ अर्यालले जानकारी दिए । त्यसैगरी संस्थाले १६९ जना असल ऋणि,९ जना उत्कृष्ट बचतकर्ता,२० जना अन्तर समुह र सञ्चालक,वचत गर्ने तर परिचालन नगर्ने ३ वटा समुह र बचत गर्ने तर परिचालन नगर्ने २ वटा अन्तर समुह,२३ जना मावि तहका उत्कृष्ट विद्यार्थी,८ जना अपाङगता भएका विद्यार्थी,२३ जना ज्येष्ठ शेयर सदस्य,३० जना एकल महिलालाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि खैरहनी नगरकी उपमेयर सुनिता थपलिया र संस्थाका अध्यक्ष बर्तौलाले उल्लेखित सबैलाई दोसल्ला र नगद सहित सम्मान तथा पुरस्कृत गरेका थिए । कार्यक्रममा लेखा समितिका संयोजक सुर्यनारायण पाठकले आर्थिक प्रतिवेदन तथा लेखापाल कृष्णबहादुर थापाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । । संस्थाका अध्यक्ष तेज प्रसाद बर्तौलाको अध्यक्षतमा भएको सो कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष वालकुमार उप्रेती,जिल्ला कृषि संघका अध्यक्ष हरिप्रसाद पौडेल,बुढिराप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सेना,कुमरोज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङ,साना किसान कृषि सहकारी संस्था बछौलीका अध्यक्ष गोपिप्रसाद लम्साल लगायतले मन्तव्य राखेका थिए ।